भोलि सार्वजनिक विदा



काठमाडौं,(नेस) इसाई धर्माबलम्बीहरुको मुख्य पर्व क्रिसमसका अबसरमा सरकारले भोलि आइतबार सार्बजनीक बिदा दिने भएको छ ।

गृहमन्त्रालयका प्रबक्ता बालकृष्ण पन्थीले न्यूज अफ नेपाल डट कमसँग कुरा गर्दै भन्नुभयो,– ‘बिदाका लागि प्रधानमन्त्रीको कार्यालयमा गृह मन्त्रालयले प्रस्ताव गरेको छ । भोलि सार्वजनिक विदा हुन्छ ।’

जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन हरेक वर्ष यो महोत्सव मनाइने गरिन्छ । २०६३ सालमा तत्कालीन व्यवस्थापिका–संसदले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमस दिवसले राष्ट्रिय पर्वको मान्यता पाएको हो ।

प्रतिक्रिया दिनुहोस्