डोटीका महिलामा यौनरोगको समश्या



विमल विष्ट
डोटी
पुरुषभन्दा महिलामा यौनरोग संक्रमणको खतरा बढेको एक तथ्यांकले देखाएको छ । नेपाल परिवार नियोजन संघ, डोटीले हालसम्म जिल्लाका १ हजार ३ सय ४४ महिलाको पाठेघरको मुखको परीक्षण गर्दा यस्तो भेटिएको हो । ती मध्ये ७ सय८२ महिलामा यौनरोग संक्रमण भेटिएको छ । परिवार नियोजन संघ डोटीले सन् २०१४ देखि पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दै आएको छ । हालसम्मको संघको तथ्यांक हेर्दा यौनरोग संक्रमण दर बर्सेनी बढ्दै गएको देखिएको छ । संघले सन् २०१४ मा ३सय२८ जनाको परीक्षण गरेको थियो जसमा ९५ जनामा यौन संक्रमण देखिएको छ ।
त्यस मध्येका ६ जना पाठेघरको मुखको क्यान्सरको जोखिममा छन् । सन् २०१५ मा ४ सय ४१ जनामा गरिएको परीक्षणमा २ सय जना महिलामा यौनरोगको संक्रमण देखिएको छ । त्यस्तै, बढ्दै गएको पाठेघरको मुखको क्यान्सर लाग्न सक्ने खतरालाई कम गर्न जनचेतनामा अभिवृद्धि गर्नु जरुरी रहेको परिवार नियोजन संघ जिल्ला शाखा डोटीका प्रबन्धक चेतराज फुलाराले बताउनुभयो । सुदूरपश्चिमको हकमा यौनरोगीको संख्यामा वृद्धि हुँदै गइरहेको छ । असुरक्षित यौनसम्पर्क र गलत परम्पराले समेत यौनरोगी बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्