यौन धन्दाको आरोपमा दश पक्राउ, छ पुरुष र चार महिला



भक्तपुर,(नेस) । प्रहरीले यौन धन्दा गरेको आरोपमा भक्तपुरको जगातीबाट १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले यौनधन्दा गरेको आरोपमा छापा मारी १० जनालाई अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, गेस्ट हाउस र क्याफेबाट पक्राउ गरिएको बताउनुभयो ।
व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ ५ रेस्टुराँ तथा गेस्ट हाउसमा साँझ छापा मारेको थियो ।जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेन होम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सञ्चालक सहित छ पुरुष र चार महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्