गेटले लियो बालिकाको ज्यान



काठमाडौ,(नेस) । राजधानीको बुढानिलकण्ठ नगरपालिका–१० निखिलेश्व र स्थित तेवी दाहालको घरको गेटले किचेर एक बालिकाको मृत्यु भएको छ ।

नारायण गौतमकी ७ वर्षीया छोरी जेनिशा गौतम बिहिबार खेल्ने क्रममा गेट ढल्दा लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि ओम अस्पताल चावहिल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्