जोडीलाई गाउँ निकाला गर्ने विरुद्ध उजुरी



अनिल खत्री

अनिल खत्री
गुल्मी । अन्तरजातिय प्रेम सम्बन्ध राखेको आरोपमा अर्वेनी ५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनार र ४२ वर्षिया सावित्रा न्यौपानेलाई गाउँ निकाला गर्ने बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका छोरा अनुराम सुनारले गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका करिव ४३ वर्षिय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने विरुद्ध उजुरी दर्ता गरेका छन् । सञ्चार माध्यममा घटनाका बारेमा समाचार प्रकाशन तथा प्रसारण भएपछि जिल्ला अधिकारकर्मीहरुको पहलमा पीडितले उजुरी दर्ता गरेका हुन् ।
उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनार, इन्सेक जिल्ला प्रतिनिधी टोपलाल अर्याल, नेपाल दलित संघका अध्यक्ष झविन्द्र बिक, नेपाल दलित मुक्ती मोर्चाका उपाध्यक्ष डिलबहादुर परियार, पत्रकार प्रेम सुनार, मुक्ति समाजकै जिल्ला सदस्य कृष्ण नेपाली लागायतको टोलीले जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपाललाई भेटेर घटनाको सत्य तथ्य बुझेर दोषी माथी कडा कारबाहि गर्न माग गरका छन् ।
डिएसपी नेपालले सार्वजनिक अपराधको मुद्धा दर्ता गरिने र तत्काल आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन पुर्तिघाट प्रहरी चौकीलाई निर्देशन दिएको बताए । दलित अधिकारकर्मी कृष्ण सुनारले अहिले तत्काल सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता गरिए पनि केहि दिनमा जिल्ला अदालतमा जातिय बिभेद बिरुद्धको मुद्धा पनि दर्ता गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्