काठमाडौं, (नेस)
विदेशी डीभी र पीआर लिएका व्यक्तिले सरकारी जागिर खान नपाउने गरी सरकारले कानुन ल्याए पनि अहिले अमेरिकी डीभी परेका प्रहरी अधिकृत सेवामा हाजिर रहेको पाइएको छ। अमेरिकी डीभी परेका प्रहरी उपरीक्षक (एसपी) प्रमोद खरेल अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेका छन्। आगामी फागुन ११ गते अमेरिका उड्ने गरी टिकट बुकिङ गराएका खरेलले अहिलेसम्म यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिएका छैनन्।
एसपी खरेलले राजधानीको एउटा ट्राभल एजेन्सीबाट पत्नी गोमा ढकाल खरेल र छोरा आयुष खरेलको समेत टिकट बुकिङ गराएका छन्। खरेलले अहिलेसम्म आफ्ना सहकर्मीलाई समेत डीभी परेको जानकारी नदिएको स्रोतले जानकारी दियो।
‘सरकारी नियम र कानुन कोही कसैले उल्लंघन गर्न पाउँदैनन्। यदि एसपी खरेल डीभीधारी हुन् भने उनीमाथि कारबाही हुन्छ। –प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले जानकारी दिनुभयो।











प्रतिक्रिया