डा. केसीको स्वास्थ्य बिग्रँदै



काठमाडौं, (नेस)

चिकित्साशास्त्र अध्ययन संस्थानमा विगत ८ दिनदेखि मेडिकल शिक्षा सर्वसाधारणको पहुँचमा हुनुपर्ने र संस्थानको डीन नियुक्त वरिष्ठताका आधारमा हुनुपर्ने माग राख्दै आमरण अनशन बस्नुभएको छ।

उहाँको स्वास्थ्य अवस्था दिन प्रतिदिन खस्कँदै गएको उपचारमा संलग्न चिकित्सक प्राडा प्रदीपकृष्ण श्रेष्ठले जानकारी गराउनुभयो। उहाँको शरीरको गति अत्यन्तै कमजोर भएका कारण मसल बाउडिने, रगतको मात्रामा कमी, अक्सिजनमा कमी, हुनुका साथै शारीरिक अवस्थासमेत निकै कमजोर भएकाले जुनसुकै बेला जे पनि हुन सक्ने बताउनुभएको छ।

डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डीन डा. केशवप्रसाद सिंहलाई कनिस्टबाट नियुक्त गरेकाले बर्खास्त गर्नुपर्ने माग अघि सार्दै यो १०औं पटकको आमरण अनशन शुरु गर्नुभएको हो।

डा. केसीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो– ‘डा. सिंहलाई बर्खास्त नगरेसम्म अनशन तोडिन्न।’ त्रिविले कात्तिक २८ गते सिंहलाई डीनमा नियुक्त गरेको थियो।

डीन नियुक्त भएलगत्तै आफूले नियुक्तिपत्र नबुझ्ने भन्दै डा. केसीसँग बिदा भएका डा. सिंहले नियुक्तिपत्र बुझेलगत्तै सोही दिनदेखि दिन डा. केसीले आमरण अनशन शुरु गर्नुभएको हो। यति हुँदाहुँदै पनि सरकारले डा. केसीको माग सम्बोधनको चरणमा रहेको भन्दै अनशन स्थागित गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्