भारतिय संसदमा मोदी सरकार विरुद्धको अविश्वास प्रस्तावमा आफनो लामो भाषण पुरा गरि प्रधानमन्त्री नरेन्द्र मोदीसँग अंकमाल गरी आँखा झिम्क्याउँदै गरेका कांग्रेस अध्यक्ष राहुल गान्धी ।
गर्मीको समयमा शीतलता पाउन तथा मनोरम दृश्यावलोकन गर्न नगरकोटमा रमाउँदै पर्यटकहरु । तस्वीर ः मोनिका मल्ल, नेपाल समाचारपत्र
भारतको चेन्नइ स्थित अदालतमा ल्याइएका अनुहार छोपिएका बाल वलात्कारीहरु ।
भारतिय अभिनेत्री राजश्री देसपान्डेले नेटफ्लिक्स सिरिजको आफ्नो सेक्स सिनलाई पोर्न क्लिपको रुपमा भाइरल गरिएकोमा दुख व्यक्त गरेकी छिन् ।
टाउकोमा कलश बोक्दै गरेका कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी)का महासचिव सीताराम यचुरी (बीचमा) । हैदराबादमा आयोजित एक कार्यक्रममा खिचिएको उक्त तस्वीर भाइरल बनेको छ ।
लन्डन स्थित बकिंगम प्यालेस बाहिर र द मलमा रोयल एयर फोर्सको सताब्दी पुरा भएको अवसरमा आयोजित समारोहमा उडान भरिरहेका लडाकु विमान हेर्दै ।
बेलायतकी मोडल क्लोय एलिंगको फाइल तस्वीर । उनलाई ६ दिनसम्म इटालीमा बन्धक बनाइएको थियो । तर उनले अपहरणकारी मध्यका एकसँग प्रेमको नाटक गरी त्यहाँबाट उम्कन सफल भएको बताएकी छिन् ।
बैज्ञानिकहरुले जोर्डनको ब्ल्याक मरुभुमीमा फेलापरेको १४ हजार बर्ष पुरानो रोटी । विभिन्न प्रकार गेडागुडी मिसाइएको उक्त रोटी पोलेको मासु बेर्न प्रयोग गर्ने गरेको उनीहरुले बताएका छन् ।
श्रावण महिना लाई महादेवको महिना पनि भनिन्छ । महिलाहरूले यस महिनाभर महादेव को पुजा अर्चना तथा हरेक सोमबार व्रत बस्ने गर्दछन सथै हात मा मेहेन्दी, हरियो चुरा, हरियो पोटे आदि
गाजामा इजरायली रकेट आक्रमणमा विस्फोटमा उठेको धुँवाको मुस्लो । इजरायलले उत्तरी गाजामा हमासका दर्जनौं सैन्य ठेगानामा ९० भन्दा धेरै रकेट प्रहार गरेको छ ।
टल्कम पाउडरको कारण क्यान्सर भएको दावी गर्ने महिलालाई क्षतिपुर्ति दिन जोहन्सन एन्ड जोहन्सनलाई आदेश दिइएको छ ।
अमेरिकाको मिन्नेसोटामा ट्रकबाट झरेको ढुँगाले किचेर दुईको मृत्यु हुँदा ट्रक चालक पक्राउमा परेका छन् ।
ललितपुरको नक्खुमा रहेको बुल्स क्लबको पौडी पोखरीमा रमाउँदै महिलाहरु । तस्वीर: उजोल डंगोल, ललितपुर
उत्तरी थाइल्यान्डको एक गुफाबाट उद्धार भएपछि उपचारका क्रममा अस्पतालमा रहेका केटाहरुको पहिलो तस्वीर। दुई हप्ताभन्दा लामो समय गुफामा फसेका १२ केटा र उनीहरुका फुटबल कोचको स्वास्थ्य परीक्षण भइरहेको छ।
कोलम्बसमा हालै पक्राउ परेकी वयश्क चलचित्र अभिनेतृ स्टर्मी डेनियल्स। अमेरिकी राष्ट्रपति ट्रम्पसँग यौन सम्बन्ध राखेको दाबीका कारण उनी गत वर्षदेखि चर्चामा आएकी थिइन्।
कही हाँसो कही आँसु
बुधबार राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका थिए । बाढीका कारण भक्तपुरको जनजीवन अस्तव्यस्त बन्न पुगेको थियो । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
चीनमा प्रजातन्त्र त मानव अधिकारीवादी अभियन्ता क्विनलाई १३ वर्ष कैद तोकिएको छ ।
नयाँ दिल्लीको एक बिद्यालय प्रशासनले शुल्क नतिरेको निहुँमा पचासजना छात्रालाई बिद्यालयमै बन्धक बनाएको छ ।
स्वयम्भु पिङ्ग खेलेर रमाइलो गर्दै एक बालिका। हरेकदिन साझ परेपछि हावा खाना बालबालिका तथा आन्या सर्वसाधारणको स्वयम्भु परिसरमा भिड लाग्ने गर्छ। तस्विर:अनिल आङदेम्बे