इन्डोनेसियाबाट एउटा ओरान्गओटाँगको बच्चा तश्करी गर्न लागेको आशंकामा प्रहरीले वालीमा एकजना रुसी नागरिकलाई गिरफतार गरेको छ
ह्युस्टनको पीलाइट ड्रग्स स्थित रासायनिक भन्डारमा गत ४ दिन देखि आगलागीका कारण निस्केको बेन्जिनको कालो मुस्लो । उक्त विशाक्त रसायन फैलिएकोले त्यहाँका सबै कार्यालय तथा स्कुलहरु बन्द गरिएका छन् ।
इंग्ल्यान्डमा ब्रिस्टल स्थित स्टोक बिसप केयर होममा बसेकी १ सय ४ बर्षकी एनी ब्रोकनब्रोलाई गिरफ्तार गर्ने क्रममा हठकडी लगाउँदै । आफुले कानुन विपरित कुनै काम नगरेको तर जेल जाने इच्छा
उत्तर कोरियालाई सहयोग गरेको आरोपमा अमेरिकाले २ वटा चिनियाँ सिपिङ कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
कीर्तिपुरमा रहेको चरा अवलोकनका लागि प्रख्यात टौदहको दृश्य । धार्मिक व्याख्याअनुसार सर्पको दहका रूपमा चिनिने यस दहमा साइबेरियालगायत विभिन्न ठाउँबाट हिउँदमा चरा आउने गर्छन् । तस्वीर ः अनिल आङदेम्बे/काठमाडौं
गायक तथ मोडल दम्पती विमल डाँगी र सरिता डाँगी अमेरिकामा फागु मनाउने क्रममा।
भरखरै जन्मेको आफनो छोराको यो पोजको तस्वीर उनकै पिताले खिचेका हुन् । जन्मदैँ सुपरम्यान पोज दिएका नवजात शिशुको यो तस्वीर भाइरल भएको छ ।
सपिंग मलमा लुगा फेर्ने क्याबिन भित्रको तस्वीर खिच्दै गरेको सांकेतिक तस्विर । दक्षिण कोरियामा करिब १ हजार ६ सय जनाको लुकेर खिचेका भिडियो बनाई वेबसाइटलाई बेच्ने ४ जनालाई गिरफतार गरिएको
सान फ्रान्सिस्कोका अधिकारीहरुले सरकारले इ–सिगरेटमाथि प्रतिवन्ध लगाउनका लागि नयाँ कानुनको प्रस्ताव राखेका छन् ।
इजिप्टको अत्यन्तै लोकप्रिय लेखक अला अल अस्वानीले इजिप्टको सेनाले क्षतिपुर्ति तिराउँदै गरेको जानकारी दिएकाछन् ।
काठमाडौँको बसन्तपुरमा रहेको तलेजु भवानी मन्दिर अगाडी रंगसंग खेल्दै एक युवक। प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन मनाइने रंगहरुको पर्व होली बुधबार नेपालको पहाडी जिल्लाहरुका धुमधामसँग मनाइएको छ । तस्विरः अनिल
नेपाल समाचारपत्र, काठमाडौँ । रङहरुको पर्व होलीको रौनक देशभर छाएको छ । यस्तै काठमाडौँ बसन्तपुरमा होलीमा देखिएका दृष्य हामिले कैद गरेका छौँ । तस्वीरः अनिल आङदेम्बे
भेनेजुयलामा पानीका लागि खाली प्लास्टिकका भाँडा लाइनमा कुरेर बसेका बालकहरु । राजधानी काराकास लगायत प्राय सहरमा पानीको ब्यापक अभाव भइरहेको छ ।
बेल्जियमको लिलाममा किर्तिमान मुल्य १२ लाख ६० हजार युरोमा विक्री भएका परेवा अर्माडो ।
इन्डोनेसियामा शनिबार राती आएको भिषण बाढी पहिरोमा कम्तीमा ५८ जनाको ज्यान गएको सरकारी सुत्रले जनाएको छ ।
थाइल्याण्डमा आइतबार विहानै सवेरै देखि निकै उत्साहका साथ देशभरी नमुना चुनाव जारी रहेको छ ।
सिंगापुरमा पानीजहाजमा पार्सल पुर्याउन युरोपेली विमान निर्माण कम्पनी एयरबसले विकास गरेको ड्रोन । उक्त ड्रोनको परीक्षण सुरु भइसकेको छ ।
अमेरिकाको टेक्ससमा एकै बेटमा ६ शिशुलाई जन्म दिने थेलमा चायका आईसीयुमा चिकित्सकहरुका साथमा । उनले ४ छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् ।
विश्वभरिका बिद्यालयका छात्रछात्राहरुले शुक्रवार जलवायु परिवर्तनको विरोधमा आ–आफ्ना कक्षा कोठा छाडेका छन् ।
अमेरिकाकी एक महिलाले सत्ताइस वर्ष अघि आफुलाई धर्म पुत्रीका रुपमा स्विकार्ने एक पुरुषको ज्यान जोगाउन आफ्नो मृगौला दान गर्ने निर्णय गरेकीछिन् ।