रोल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु



काठमाडौँ।

रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँच जना गम्भीर घाइते भएकाे प्रारम्भिक जानकारी प्राप्त भएकाे छ। घाइतेकाे घर्तीगाउँ अस्पतालमा उपचार भइरहेकाे छ।

लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं. ४ स्थित परेवा छहरामा करिब ४०० मिटर तल खसेको हाे ।

अगाडि पहिरो झदै गरेको अवस्थामा ड्राइभरले गाडि रोकेर पहिरो हेर्न जाँदा गाडि पछाडि सरेको र ड्राइभरले ब्रेक लगाउन नपाउँदै गाडि बाटोदेखि तल झरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्