एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको  दोस्रो जिल्ला अधिवेशन आजदेखि 



काठमाडौँ ।

 नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी दोस्रो जिल्ला अधिवेशन आजदेखि  प्रारम्भ हुने भएको छ ।

उद्योग व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्द घिमिरेले आजदेखि  काठमाडौँको मल्ल होटलमा अधिवेशन आयोजना गर्न लागेको जानकारी दिए । जिल्ला अधिवेशनलाई भव्य एवं सफलता पूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको घिमिरेले बताएका छन् ।

अध्यक्ष घिमिरेका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्  । जेठ २६ गते बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल चयन गरिसकेको उनले  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्