नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ



काठमाडौँ ।

कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको जनाएको छ ।

अख्तियारले गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्