मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन, को-को बने मन्त्री ?



काठमाडौँ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

आजै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट ४, माओवादीबाट २, एकीकृत समाजवादीबाट २, नेपाल समाजवादी पार्टीबाट १, नागरिक उन्मुक्तिबाट १ र तीन जना राज्यमन्त्री लिएर मन्त्रिपरिषद् गठन गरेका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह र खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोद जयसवाल नियुक्त भएका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका छन् ।
नेकपा एसबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइ मन्त्री भएका छन् ।

नेसपाका बिमला अंशारी तरुनम गृह सञ्चार तथा कानुन मन्त्री बनेका छन् । यता नागरिक उनमुक्तिका उर्मिला देवी सिंह श्रम तथा यातायता मन्त्री बनेका छन् ।

मधेश प्रदेशको मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री भएका छन् । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री शारदा थापा, शिक्षा तथा संस्कृत राज्यमन्त्री केशव राय र जनमतकी रञ्जु खंगले विना विभागीय राज्यमन्त्री बनेका छन् ।

५ दलका ५५ सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । यसअघि उपेन्द्र यादव नेतृत्वको जसपाका मुख्यमन्त्री सरोज यादवले विश्वासको मत नपाएपछि मधेश सरकार ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्