मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त



काठमाडौँ।

जनमत पार्टीका सांसद सतिशकुमार सिंह मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन्।

 

प्रतिक्रिया दिनुहोस्