क्यासिनो प्यालेसमा राजस्वको छापा, १ करोड बढी रकम बरामद



काठमाडौँ।

राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ ।
विभागको टोलीले विशेष सूचनाका आधारमा गएराति सो प्यालेसमा छापा मारेर क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए । महानिर्देशक बुढाका अनुसार अनुसन्धान जारी राखिएको र केही व्यक्तिमाथि निगरानी राखिएको छ ।

विभागको टोलीले क्यासिनोका सञ्चालकहरुलाई खोजी गरेपनि उनीहरु भेटिएका थिएनन् । सञ्चालकको खोजी जारी राखिएको विभागले जनाएको छ ।

विभागले अनुसन्धानका लागि क्यासिनोको सेफ र लकर पनि नियन्त्रणमा लिएको छ । विभागले राजश्व छलीमा संलग्न अन्य क्यासिनोको पनि खोजतलास शुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्