भर्ना अभियानमा विद्यार्थीलाई अन्योल 

तीन विद्यालय एकीकरणपछि अभिभावक आन्दोलित 

 सरकारीमा भर्ना हुन आएका २ सय विद्यार्थी घर फर्किँदै



धादिङ ।

धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ मावि, बालमन्दिर मावि र इजारा आधारभूत विद्यालयलाई नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले एकीकरणको निर्णयपछि बालमन्दिर माविका अभिभावक आन्दोलित भएका छन् ।

बालमन्दिर मावि शिक्षक अभिभावक संघको तर्फबाट बिहिबार धादिङबेसीमा प्रदर्शन समेत गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बाहेक सदस्यहरुको तर्फबाट ज्ञापनपत्र बुझाइएको छ ।

नीलकण्ठ नगरपालिकाको शिक्षा समितिले गरेको निर्णय अभिावक, विद्यार्थीसंघ सल्लाह नगरी गरेको, बालमन्दिर माविको ऐतिहासिक अस्तित्व समाप्त पार्न खोजेको, विद्यार्थीहरुलाई पढाउने ठाउँ अभाव भनेर सामुदायिक विद्यालयमा भर्ना लिन नखोजेको आरोप लगाउँदै नगरपालिकाले गरेको एकीकरणको निर्णय फिार्ता गर्न माग गरिएको बालमन्दिर बचाउ आन्दोलनका अगुवा तथा बालमन्दिर मावि शिक्षक अभभावक संघका अध्यक्ष दिपक अधिकारीले बताए ।
आन्दोलनमा उत्रिएका अभिभावक विद्यार्थी, अभिभावकहरुले धादिङबेसी बजार परिक्रमा गरि नीलकण्ठ नगरपालिका कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालय धादिङमा नगरपालिकाले गरेको विद्यालय एकीकरणको निर्णय फिर्ता लिन माग गर्दै निर्णय फिर्ता नभए अनसन बस्ने चेतावनी समेत दिइएको छ ।

नीलकण्ठ बालमन्दिर मावि भनेर नामाकरण गर्ने प्रस्ताव गरिएको एकिकरणपछिको विद्यालयमा यि विद्यालयबाट आएका विद्यार्थी बाहेक बाहिरबाट आएका बालकक्षादेखि कक्षा ९ सम्म ३ सय २५ जनासम्म मात्र भर्ना गर्न सकिने भनेर कोटा निर्धारण गरि नगरपालिकामा जनशक्ति व्यवस्थापनका लागि पठाइएको र नयाँ विद्यार्थीका लागि प्रवेश परीक्षा शुक्रबार लिन लागिएको हालको नीलकण्ठ माविका प्रधानाध्यापक ध्रुव अधिकारीले बताए । नीलकण्ठ बालमन्दिर माविमा निःशुल्क अध्यायन गर्नका लागि अध्यायन गर्नका लागि करिब ५ सय जनाले फारम भरेका छन् ।

सदरमुकाममा रहेको विद्यालय र जिल्लाभरबाट आएका नागरिकहरुको संख्या बढेको र निजिमा पढाउन असमर्थ भएकाहरुले सामूदायिक विद्यालय रोजेका हुन् । तर शुक्रबारसम्म फारम भरेर पढ्न आउन चाहनेको संख्या बढेपनि उनीहरुले सदरमुकाममा सामुदायिक विद्यालय एक मात्र भएकोले यहाँ भर्ना नभएपछि निजिमा भर्ना हुन जानुपर्ने बाध्यता आएको अभिभावकहरुको गुनासो छ ।

धादिङमा रहेको तीन विद्यालय एकीकरणपछि धादिङबेसीमा अन्या सामुदायिक विद्यालय छैन ।

विद्यालय एकीकरणको समयमा पर्याप्त छलफल पछि मात्र निर्णय नगरी हतारमा निर्णय गरिएकोले भर्ना हुन आएका छ सय भन्दा विद्यार्थीलाई निजिमा जाउ भनेर अफर गरेको रुपमा हेर्नुपर्ने अवस्था आएको छ । नीलकण्ठमाविका प्रधानाध्यापक ध्रुव अधिकारीले आफूलाई नगरपालिकाले शिक्षा समेत निःशुल्क गरेको अवस्थामा धेरै विद्यार्थी भर्ना नसक्ने अवस्था आएकोले बाल कक्षामा ३० जना, १ कक्षामा १० जना, २ कक्षामा २० जना, ३ कक्षामा ३० जना, ४ कक्षामा २० जना, ५ कक्षामा ५५ जना, ६ कक्षामा ५० जना, ७ कक्षामा २० जना, ८ कक्षामा ४० जना, र ९ कक्षामा ५० जना सम्म विद्यार्थी एकीकरणपछि थप विद्यार्थी राख्न सकिने कुरा नगरपालिका कार्यालयमा समेत जानकारी गराइ प्रतिवेदन समेत दिइसकेको र यसबारेमा नगरपालिकाबाट स्वीकृति पाएको समेत बताए । हाल तिन विद्यालयमा अध्यायन गरिरहेका सबै आए भने कक्षा १० सम्म २ हजार ३ सय ८४ विद्यार्थी हुने भनिएको छ । कक्षा ११ र १२ मा भर्ना हुने समेत गर्दा १ हजार विद्यार्थी हुने छन् ।

यो हिसावले एकीकरणपछि विद्यार्थी भर्ना गर्दा ७६ जना स्थाइ शिक्षक, र ८ जना निजि श्रोतका लागि शिक्षक आवस्यक पर्दा नगरपालिकाले ५ जना शिक्षक उपलब्ध गराउने र ३ जना शिक्षक नमुना मावि अन्तरगत तलब खुवाउने सहमति नगरपालिकासंग भएको प्रधानाध्यापक अधिकारीले समाचारपत्रलाई बताए ।

नीलकण्ठ माविमा रहेको इन्जीनियररिङ तर्फका प्राविधिक धारको पढाइ हाल इजारा आधारभूत विद्यालय रहेको भवनमा गर्ने र यसका लागि सरकारले ८ जना शिक्षक पठाएको उनको भनाइ छ । कक्षा १ देखि ५ सम्म बालमन्दिर माविमा र ८ देखि १२ को नीलकण्ठ मावि रहेको भवनमा पढाउने नगरपालिकाबाट गठन भएको प्राविधिक समितिले यस अघि नै प्रतिवेदन दिइसकेको छ ।

नीलकण्ठ माविले गत वर्षसम्म वर्षेनी करिब ४ करोड रुपैयाँ विभिन्न शिर्षकमा विद्यार्थीबाट रकम लिँदै आएकोमा यस वर्ष नगरपालिकाले निःशुल्क शिक्षा विद्यालय एकिकरण निर्णयकै समयमा निर्णय गरि लागु गरेपछि यो श्रोत समेत बन्द भएको छ ।

विद्यार्थी भर्नाको सम्बन्धमा नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले ‘नीलकण्ठ माविलाई नमुना बनाउँदा परिक्षा लिएर विद्यार्थी भर्ना अन्यत्र जस्ते गरिएको र विद्यालयको क्षमता अनुसार भर्ना लिनु पर्ने भर्ना व्यवस्थापन विद्यालयले गरेको होला’ भने । अन्यकुरा पछि बुझेर जानकारी लिने बताए ।

प्रतिक्रिया दिनुहोस्