वैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौलाविरुद्ध मुद्दा दायर



काठमाडौँ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्