फिफा विश्वकप छनोटमा नेपालको प्रदर्शन



सन् १९५१ मा अखिल नेपाल फुटबल संघको स्थापना भएपनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको थियो भने फिफाको सदस्यता पाएको पन्ध्र बर्षपछि मात्र नेपालले सन् १९८५ मार्च २ मा विश्वकप छनोट चरणको पहिलो म्याच खेलेको थियो । फिफाको आधिकारिकता पश्चात् सन् १९७० देखि १९८५ सम्म सम्पन्न विश्वकप फुटबलको तीन संस्करणको छनोट खेलमा नेपालको सहभागिता शून्य नै रहेको थियो । सन् १९८५ देखि विश्वकप छनोट चरणमा सहभागिता जनाएको नेपालले सन् १९९४ र २००६ बाहेक अहिलेसम्म आठ पटक छनोट चरणका सम्पूर्ण म्याचहरु खेलेका छन् ।

सन् १९९४ को विश्वकप छनोटमा नेपालले भाग लिएन । सन् १९९४ मा नेपालमा भएको राजनीतिक परिवर्तन र त्यसको अखिल नेपाल फुटबल संघमा परेको असरका कारण नेपालले छनोटमा भाग लिएन । त्यसबेला एन्फाले विश्वकप छनोटमा नाम नै लेखाउन चुकेको थियो । त्यस्तै, सन् २००६ मा दोस्रो पटक छनोट खेलेन । खेलाडी विदेशमा पलायन हुने डर नै यसको मुख्य कारण थियो ।

त्यसबाहेक एउटा खेलमा दक्षिण कोरियासँग १६(० गोलअन्तरको हारलेपनि  नेपाललाई छनोट खेल्नबाट निरुत्साहित पारेको थियो । छनोटबाट नाम फिर्ता लिएको नेपालले फिफाको नियमअनुसार १० हजार डलर जरिवाना समेत तिर्नुपरेको थियो ।

सन् १९८६ मा मेक्सिकोले आयोजना गरेको फिफा विश्वकप प्रतियोगिताका लागि एसियाली छनोटमा सहभागी बनेपछि नेपाली राष्ट्रीय फुटबल टोलीले फुटबलको महामेलाबाट परिचित विश्वकप फुटबलसँग पहिलो पटक नाता गाँसेको हो । एसियन फुटबल कन्फेडरेसनले छनोट चरण अन्तर्गत एसिया महादेशबाट सहभागी २७ राष्ट्रलाई जोन “ए“ र “बी“ गरी दुई भागमा विभाजित गरी “होम एण्ड अवे“ को ढाँचामा खेलाएका थिए ।

जसमध्ये प्रत्येक जोनमा चार उपसमूह बनेकोमा नेपाल जोन “बी“ को समूह १ मा परेपछि दक्षिण कोरिया र मलेसियाको चुनौती पाएको थियो। जसअनुरुप  नेपालले छनौट चरणको पहिलो खेल सन् १९८५ मार्च २ मा भरिभराउ दशरथ रंगशालामा दक्षिण कोरियासँग खेलेको थियो ।

 खेलको ३५औं मिनेटमा रुपक राज शर्माको आत्मघाती गोलबाट मध्यान्तरसम्म १(० ले पछि परेको नेपालविरुद्ध ६४औं मिनेटमा दक्षिण कोरियाका ली ते हो ले पेनाल्टी मार्फत गोल थपेछि नेपाली टोली २(० ले पराजित हुनपुगेको थियो । यस्तै समूह चरण अन्तर्गत मार्च १६ मा भएको दोस्रो खेलमा नेपालले दशरथ रंगशाला मलेसियासँग २(० ले पराजित भएको थियो । यस्तै “अवे“ म्याच अन्तर्गत सन् १९८५ को मार्च ३१ मा मलेसियासँग उसैको गृह मैदानमा भएको खेलमा ५(० ले पराजय बेहोरेको नेपालले ६ अप्रिलमा सियोल रंगशालामा दक्षिण कोरियासँग ४(० ले पराजित हुनुपरेको थियो । यसरी नेपालले विश्वकप छनौट चरण अन्तर्गत आफ्नो पहिलो सहभागितामा खेलेको चार खेलबाट कुल १३ गोल ब्यहोर्दा बिपक्षीलाई कुनै गोल फर्काउन नसकी घर फर्कनु परेको थियो ।

त्यस्तै, सन् १९९० मा इटालीमा आयोजना भएको विश्वकप फुटबल प्रतियोगिताका लागि एसियाका २५ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको थियो । जसनुरुप नेपालले समूह ४ मा रही दक्षिण कोरिया, मलेसिया, सिंगापुर र भारतको चुनौती पाएको थियो । तर भारत छनौट चरणमा सहभागी नहुने भएपछि नेपालले बाँकी तीन राष्ट्रसँग मात्र प्रतिस्पर्धा गरेको थियो । जसअनुसार नेपालले प्रत्येक सहभागी राष्ट्रसँग दुई पटक गरी कुल ६ खेल खेलेको थियो । नेपालले पहिलो खेल सन् १९८९ मे २३ मा मलेसियासँग खेलेको थियो ।

 दक्षिण कोरियाको सियोलस्थित दोङग्देमुन रंगशालामा भएको उक्त खेलमा मलेसियाले नेपाललाई २(० ले पराजित गरेको थियो । मलेसियाका लागि अजीजोलले दोस्रो मिनेटमै गोल गरेको उक्त खेलको ९०औं मिनेटमा डोल्ला सालेह पेनाल्टी मार्फत दोस्रो गोल थपेका थिए । यस्तै दोस्रो खेलमा दक्षिण कोरियाले नेपाललाई ९(० को फराकिलो अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा सिंगापुरले नेपाललाई ३(० ले पाखा लगाएको थियो । यसैगरी  सिंगापुरमा भएको दोस्रो चरणको खेलमा दक्षिण कोरियासँग ४(०, सिंगापुरसँग ७(० तथा मलेसियासँग ३(० गोल अन्तरले हार्दा छनौट चरण भरि कुल २८ गोल बेहोर्दै घर फकिर्नु परेको थियो ।

त्यसपछि सन् १९९४ को विश्वकप छनोट चरणमा नखेलेका नेपालले सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकपका लागि एशियाली छनौट चरण अन्तर्गत ३६ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत नेपालले समूह ४ मा जापान, ओमान र मकाउको चुनौती पाएको थियो ।

ओमानमा सम्पन्न पहिलो चरणको खेलमा मकाउसँग १(१ गोलको बराबरीसँगै नेपालले विश्वकप यात्रामा पहिलो पटक अंक बटुल्नुका साथै पहिलो गोल समेत गर्न सफल भएको थियो । खेलको १३औं मिनेटमा मकाउसँग १(० ले पछि परेको नेपालका लागि हरि खड्काले खेलको २३औं मिनेटमा उक्त बराबरी गोल फर्काएका थिए ।

 त्यस्तै दोस्रो खेलमा ओमानसँग १(० ले हार बेहोरेको नेपाललाई तेस्रो खेलमा जापानले ६(० ले पराजित गरेको थियो । यसैगरी जापानमा भएको दोस्रो चरणको खेलमा ओमानसँग ६(०, जापानसँग तथा मकाउसँग २(१ ले पराजित हुँदै ६ खेलबाट १ अँक जोड्दा २ गोल गरेको बदला १७ गोल बेहोर्दै छनौट चरण टुंग्याएका थिए ।

सन् २००२ मा पहिलो पटक एसिया महादेशमा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको थियो । जसमा सहभागिताका लागि एसिया महादेश ४० राष्ट्रलाई १० समूहमा विभाजन गरी छनोट चरणको खेलहरु खेलाइएको थियो भने नेपाल समूह ६ कजाखस्तान, मकाउ र इराक सम्मिलित टोलीमा परेको थियो । दुई चरणमा खेलाइएको उक्त प्रतिस्पर्धा अन्तर्गत समूहमा रहेका प्रत्येक टोलीसँग दुई(दुई म्याच खेल्नुपर्ने नियम अनुसार नेपालले बग्दादमा भएको आप्mनो पहिलो खेलमा कजाखस्तानसँग खेलको थियो ।

जसमा नेपाल ६(० ले पराजित भएको थियो भने दोस्रो खेलमा ईराकसँग ९(१ हार्दा निराजन रायमाझीले एक गोल फर्काउन सफल भएका थिए । तेस्रो खेलमा मकाउलाई ४(१ ले हराउँदै विश्वकप छनौट चरणमा नेपालले पहिलो पटक जितको स्वाद चाखेको थियो । नेपाललाई उक्त ऐतिहासिक जित दिलाउन निराजन रायमाझीले दुई तथा हरि खड्का र बसन्त थापाले एक(एक गोलको योगदान गरेका थिए ।

त्यस्तै कजाखस्तानको अल्माटीमा सम्पन्न दोस्रो चरणको खेलमा कजाखस्तानले नेपाललाई ४(० ले पराजित गरेको थियो भने ईराकसँग ४(२ को सन्तोषजनक हारका साथै मकाउलाई ६(१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालका निराजन खड्काले ह्याट्कि पूरा गरेको उक्त खेलमा बालगोपाल महर्जन, दीपक लामा तथा बसन्त थापाले एक(एक गोल गरेका थिए । उक्त छनौट चरणमा समग्रमा नेपालले ६ खेलबाट ६ अंक जोड्दै २५ गोल बेहोरेको थियो भने विपक्षीविरुद्ध १२ गोल गर्न सफल भएको थियो । जुन नेपालले विश्वकप छनौट चरणमा अहिलेसम्म गरेको उत्कृष्ट प्रदर्शन समेत हो ।

त्यसको चार वर्षपछि सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपका लागि छनोट नखेलेको नेपालले सन् २०१० विश्वकपका लागि पाँचौ पटक छनौट चरणमा प्रतिस्पर्धा गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रीका आयोजक रहेको विश्वकपका लागि एसिया महादेशका ४३ राष्ट्रहरुलाई वरियताव्रmम अनुसार छनोटमा चरणका सम्मिलित गराईएको थियो । जसनुसार एक देखि ५ स्थानसम्मका राष्ट्रहरुले सोझै अन्तिम चरणमा खेल्नु परेको थियो । त्यस्तै, छैंटो देखि २४औं स्थानमा रहेका राष्ट्रहरुले २५ देखि ४३औं स्थानमा रहेका राष्ट्रहरुसँग “होम एण्ड अवे“ को ढाँचामा खेलेका थिए । जसअनुसार नेपालले ओमानको चुनौती पाएको थियो । “अवे“ म्याच अन्तर्गत ओमानको राजधानी मस्कटमा भएको खेलमा नेपाल ओमानसँग २(० ले हारेको थियो भने दशरथ रंगशालामा भएको दोस्रो खेलमा पनि ओमानले नेपाललाई २(० ले नै पराजित गरेपछि समग्रमा दुई खेलमा चार गोल बेहोर्दै नेपालले विश्वकप छनोट चरण टुंग्याएको थियो ।

सन् २०१४ को ब्राजिल विश्वकपका लागि भने एसिया महादेशको बरियता क्रमअनुसार छैठौ स्थानभन्दा माथिका ३० राष्ट्रलाई “होम एण्ड अवे“ को ढाँचामा खेलाइएको थियो । जसअनुसार नेपालले जोर्डनलाई प्रतिद्वन्दी पाएको थियो । “अवे“ म्याचमा नेपालले जोर्डनको अम्मानमा सम्पन्न खेलमा घरेलू टोलीसँग ९(० को लज्जास्पद पराजय बेहोरेको थियो । त्यसपछि काठमाडौंमा भएको दोस्रो खेलमा भने जोर्डनलाई १(१ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।

सन् २०१८ को रसिया विश्वकप छनोट चरणमा नेपालले भारतलाई प्रतिद्वन्दी पाएको थियो । एसियाली वरियताको ३५औं देखि ४६औ स्थान ओगट्ने १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरी छनोट खेलाइएको थियो । जसअनुसार १२ मार्च २०१५ मा भारतको गुवाहाटीमा भएको पहिलो लेगमा नेपाल भारतसँग २(० ले पराजित भएको थियो । त्यस्तै, १७ मार्च २०१५ मा काठमाडौंमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नेपालको रसिया विश्वकप छनोट यात्रा टुङ्गिएको थियो ।

त्यस्तै, वर्ष २०२२ को कतार विश्वकपका लागि भएको विश्वकपमा छनोटमा पनि नेपालले कुनै चमत्कारी प्रदर्शन गर्न सकेन । कोरोना महामारीका कारण पटक(पटक स्थगित यस विश्वकप छनोटमा नेपाल समूह बी मा ६ अंकसहित चौथो स्थानमा रह्यो । नेपालले विश्वकप छनोट अन्तर्गत पहिलो चरणका पाँच खेलमा चारमा हार र एकमा जित निकालेको थियो । पहिलो चरणमा नेपाल कुवेतसँग ७(० ले, जोर्डनसंग ३(० ले, अस्ट्रेलियासंग ५(० ले हार्दा चाइनिज ताइपेइलाई २(० ले हराउन सफल भएको थियो । त्यस्तै, तटस्थ भूमि भुटानमा भएको दोस्रो चरणको पहिलो म्याचमा कुवेतले नेपाललाई १(० ले पराजित गरेको थियो ।

त्यसपछि अस्ट्रेलियामा भएको बाँकी खेलमा नेपाल जोर्डनसंग ३(० ले हार्दा चाइनिज ताइपेइलाई पुनः २(० ले नै हराएर अर्को तीन अंक जोड्न सफल भएको थियो । छनोटको अन्तिम खेलमा भने घरेलू मैदानमा अस्ट्रेलियाले नेपाललाई ३(० हराउँदै छनोट चरण टुंग्याएका थिए । यो छनोट चरणका खेलमा नेपालले विपक्षीविरुद्ध कुल ४ गोल गर्दा विपक्षीबाट २२ गोल बेहारेको थियो  ।

सन् २०२६ को फिफा विश्वकप छनोटका लागि नेपालले प्रिलिमिनरी राउन्ड खेल्नुपरेको थियो । जसमा नेपालले लाओसलाई प्रतिद्वन्दी पाएको थियो । ुहोम एन्डु अवे ढांचामा खेल्नुपर्ने नियमअनुसार नेपालले पहिलो लेग खेलमा दशरथ रंगशालामा खेलेको थियो । जसमा दुवै टोलीले १(१ गोलको बराबरी खेलेको थियो । उक्त खेलमा नेपालका अञ्जन विष्टले लाओसविरुद्ध बराबरी गोल फर्काएका थिए । उक्त गोल गरेसँगै उनले आफ्नो करियरको १३औं गोल गर्दै नेपाली फुटबलका सर्वाधिक अन्तराष्ट्रिय गोलकर्ता सूचीमा १३ गोल गरेको हरि खड्का, निराजन रायमाझीसंगै आफूलाई उभ्याउन सफल भए ।

 त्यसैगरी लाओसमा भएको दोस्रो लेगमा भने घरेलु टोली लाओसलाई १(० ले हराउँदै दोस्रो राउन्डमा प्रवेश गर्न सफल भयो । उक्त खेलमा नेपालका लागि मनिष डाँगीले गोल गरेका थिए । त्यसपछि दोस्रो राउन्ड प्रवेश गरेको नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई०, बहराइन, यमन सम्मिलित समूह ुएचु मा स्थान पाएको छ ।  जसअनुसार नेपालले यूएईसंग दुबईमा पहिलो लेग कार्तिक २९ गते दुबईमा खेल्दैछ ।  समूह ुएचु मा रहेका नेपाल र युएईबीचको खेल दुबईस्थित अल माक्तोउम स्टेडियममा बिहीबार राति स्थानीय समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

नेपालले यूएईविरुद्ध विश्वकप छनोटमा खेल्न लागेको पनि यो पहिलो पटक हो । नेपालले यसअघि यूएईसँग एकपटक मात्र खेलेको छ । सन् १९८४ को एसियाकप छनोट चरणको उक्त खेलमा नेपाल युएईसँग ११(० गोलअन्तरले पराजित भएको थियो ।  उक्त हार नेपालले अन्तर्राष्ट्रिय फुटबलमा बेहोरेका चार ठूला नराम्रो हार मध्येमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्