शिवपुरी विद्यालय देशकै उत्कृष्ठ शैक्षिक संस्थाः मन्त्री राई

शिवपुरी माविले मनायो हिरक जयन्ती



काठमाडौं ।

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५ औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिबार स्थापना दिवसका साथै हिरक ९७५ औं वर्षगाँठ० जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।

देशमा राणा शासन कायम रहेकै बखत विसं २००५ सालमा स्थापित यो शैक्षिक संस्था विभिन्न कालखण्डमा नाम परिवर्तन हुुदै अहिले शिवपुरी विद्यालयका रुपमा बिकास भएको हो । काठमाडौं उपत्यकाका पुराना विद्यालयमध्ये काठमाडौं महानगरपालिका–३ मा पर्ने शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला,बाँसबारी मिडिल स्कुल, बाँसबारी माध्यमिक बिद्यालय हुदै बिसं २०३० को दशकको सुरुवातीदेखि शिवपुरी विद्यालयका रुपमा कायम छ । काठमाडौं महानगरपालिकाले यो विद्यालयलाई आफ्नो प्राविधिक शिक्षालयका रुपमा समेत बिकास गरेको छ । ५३ जना शिक्षक र ८ जना कर्मचारी कार्यरत यो विद्यालयमा १ हजार ५ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

१ देखि १२ कक्षाका अलवा शिवपुरीको संरचनाबाटै स्नातक तहका २ वटा संकाय व्यवस्थापन र मानविकीको पनि अध्ययन गराइदै आएको छ । खासगरी विद्यालयमा अध्ययनरत छात्रछात्राको परिवारको आर्थिक अवस्था सामान्य रहेका देखि पारिवारिक पृष्ठभूमि भएका छात्रछात्राको रोजाइमा रहेको शिवपुरी हरेक वर्ष शैक्षिक शिवपुरी अगाडि रहेका प्रधानाध्यापक प्रकाश सुुवेदीले बताए । उनले विद्यालय ७५ वर्ष पुग्नु आफैंमा ऐतिहासिक रहेको भन्दै विद्यालयलाई सबैको रोजाइमा राखिराख्न शैक्षिण गुणस्तरलाई अझ बढाउनेदेखि भौतिक संरचना थप व्यवस्थित गर्न आफूहरु लागि पर्ने बताए ।
विद्यालयको हिरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचित कांग्रेस सांसद प्रदीप पौडेलले शिवपुरी विद्यालय देशकै उदाहरणीय शैक्षिक संस्था रहेको बताए ।

मन्त्री राईले शिक्षा दान गर्ने विषयमा देशकै उत्कृष्ठ विद्यालयका रुपमा शिवपुरी स्थापित भएको बताए । यो सफलता विद्यार्थी, अविभावक, शिक्षक र दाता, कर्मचारीको योगदानबाट मात्रै सम्भव भएको बताए । सार्बजनिक शिक्षामा लगानी अभिवृद्दि गर्न आउने दिनमा सरकारले गम्भीरता पूर्वक आत्मसाथ गरेर काम गरिने बताए । सांसद पौडेलले शिवपुरीलाई देशकै नमुना विद्यालयका रुपमा बिकास गर्न आफू लागि पर्ने प्रतिवद्धता जनाए । उनले शिवपुरी विद्यालयले आफ्नो भौतिक र जनशक्तिसहितको क्षमता भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरेको विषयले पनि यहाँ गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने स्पष्ट भएको उनले बताए ।

शैक्षिक सुधारका अलवा विद्यार्थी कतै दुर्घटनामा परेर घाइते भएमा उपचार सहज बनाउन विद्यार्थी कल्याण कोष खडा गर्नुपर्ने र यो विषय ऐनमै समाबेस भएर आउनुपर्ने बताए । बिगत ३ वर्ष यता कक्षा ९ देखि १२ सम्म महानगरले शिवपुरीमै २ वटा कम्प्युटरल्याव र एउटा प्रोजेक्टरसहित कम्प्युटर इन्जिनियरिङको पढाई सञ्चालन गरिरहेको छ । महानगरले उत्कृष्ठ सामुदायिक विद्यालयका रुपमा कम्प्युटर अध्ययन गराउन ५० लाख रुपैयाँ अनुदानसहित विद्यालयलाई छनोट गरेको थियो । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न र त्यस अनुसार परीक्षामा नतिजा हासिल गर्न प्रत्येक महिना इकाई र त्रैमासिकका ४ वटा परीक्षा सञ्चालन गर्दै आएको र यसबाट विद्यार्थीको मुल्यांकनमा थप सहज बनेको प्रधानाध्यापक सुवेदीले बताए ।

यसबाहेक उच्च शिक्षाका लागि कक्षा १० र १२ को अध्ययन महत्वपूर्ण हुने भएकोले त्यसका लागि नियमितबाहेक अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको उनको भनाई छ । यो विद्यालयले नेपाली र सामाजिक बाहेकका सबै विषय अंग्रेजी माध्यममा पढाउँदै आएको छ । एससीईको नतिजा पछि विद्यालयमा ११ र १२ कक्षा अध्ययन गर्न आउनेको चाप हुने गरेको सुवेदीले बताए ।

विद्यालयको शैक्षिक अवस्था राम्रो रहेकै कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको उनको भनाई छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट २ पटक बजेट पाएको शिवपुरीले त्यसलाई खानेपानी र सूचना प्रविधिका संरचना विकासमा खर्च गरेको थियो । महानगरले नै यो विद्यालयलाई २०७३ सालमा शैक्षिक अवस्था र भौतिक संरचना तर्फ उत्कृष्ठ विद्यालयका रुपमा पुरस्कृत गरेको थियो भने महानगष्रकै एक वडा एक नमुना विद्यालयका रुपमा पनि यही संस्था छनोट भएको थियो । केही वर्ष अघि मात्रै ब्रिटिश काउउन्सिलले शिवपुुरीलाई उत्कृष्ठ सामुदायिक विद्यालयका रुपमा अवार्ड प्रदान गरेको थियो ।

यसअघि हिरक जयन्तीका अवसरमा असोज २२ देखि २६ सम्म हाजिरी जवाफ, वक्तृत्वकला, सांगितिक कार्यक्रमलगायत आयोजना गरिएको विद्यालयले जनाएको हो । सोही अवसरमा विद्यालयमा लामो समयदेखी कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । हिरक जयन्तीकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु सूूर्यप्रसाद श्रेष्ठ, नरहरी आचार्य, ध्रुवबहादुर प्रधान, सूूर्यकिरण गुरुङ, प्रेमबल्लभ बिष्ट र केशवराज शर्मालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्