डेंगु प्रकोप नियन्त्रणमा सरकारको भूमिका निराशाजनक



काठमाडौँ।   

देशव्यापी रुपमा फैलिएको डेंगु मनसुन सकिँदै गएसँगै काठमाडौँको   टेकु, स्वयम्भू, सितापाईला लगायतका क्षेत्रमा बढ्दो छ । सरकारले भने डेंगुका विषयमा खासै काम गरेको देखिन्न । काठमाडौँ  महानगरपालिकाले पनि जुन मात्रामा प्रचार गर्‍यो डेंगु नियन्त्रणका लागि खासै काम गर्न नसकेको विज्ञहरुको ठम्याई छ ।

 शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुन भन्छन्  , डेंगुको संक्रमण असार साउनमा धरानमा देखेजस्तो अवस्था अहिले छैन।  तर, जोखिम भने कम भएको छैन र डेंगुको संक्रमण काठमाडौँमा  देखिरहेको छ ।

काठमाडौँको टेकु, त्रिपुरेश्वर, स्वयम्भू, बालाजुमा छिटपुट प्रभाव परे पनि तुलनात्मक रुपमा पहिला जस्तो छैन । मनुसुनसँग डेंगुको संक्रमण देशव्यापी रुपमा फैलने गरेको पाएइको छ । असारदेखि जुन धरानमा देख्यौ त्यो अवस्था अहलिे छैन । काठमाडौँ बाहेक, चितवन, वुटवलमा मनसुन सकिन साथै देखिएको छ । स्थानीय लामखुट्टेको   बृद्धिबिकास भएका ठाउँमा डेंगु सङ्क्रमितको संख्या देखिएका छन् । डेंगु बेमौसमी पानी पर्दा पनि फैलन सक्छ । यहि अवस्था रह्यो भने तिहारपछिबाट बिस्तारै आफै हटेर जान्छ तर निर्मूल भने हुने अवस्था छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता निकाल्ने गरेको बुलेटिन सरकारले यति मर्यो यति बिरामी भए भन्ने बाहेक प्रभावकारी क्याप्पेन गर्नका लागि प्रयोग गरेको भने देखिन्न । धरानमा केही दिन सक्रियता देखिए पनि तुरुन्तै सेलाएको डा.पुनको ठम्याई छ । उनी भन्छन् ,जसलाई पर्‍यो पर्‍यो कहीँ कतैबाट गम्भीर भएर लिएको अवस्था छैन । डेंगुका विषयमा सरकार पनि गम्भीर भएर काम गरेको देखेको छैन । यतिबेला सरकार जनस्वास्थ्यमा भन्दा राजनीतिमा केन्द्रित छ । डेंगु विशेषगरि ठूलो मात्रामा मनसुनको समयमा देखिन्छ । मनसुन सकिए लगतै हरेक बर्ष केही कोर एरियामा जहाँ लामखुट्टेको बास धेरै हुने ग्यारेज, गाडी पार्किङ, फोहर मैला, खोला नालाको आसपासका अस्थायी बस्ती जहाँ टायरको बढी प्रयोग हुन्छ त्यस्ता एरियामा बढी जोखिम देखिन्छ र यो बर्षपनि देखिन सक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी भन्छन् , ३ महिनाको दाँजोमा डेंगुको प्रकोप घट्दो क्रममा छ तर जोखिम भने कम भएको छैन । त्यसैले आगामी शुक्रवार सातै प्रदेशका प्रतिनिधिहरुसँग बसेर हाल सम्मको वस्तुस्थितिका बारेमा जानकारी लिँदै छौ ।

(डेंगु रोग नियन्त्रणका लागि बीटीआई कार्यविधि) बीटीआई माटोमा पाइने जैविक वा प्राकृतिक रूपमा हुने ब्याक्टेरिया हो । लामखुट्टेको लार्भाले बीटीआई खाएपछि वीटीआई स्पोरले पेटमा विषाक्त पदार्थ छोड्छ, जसले गर्दा लार्भाले सामान्य रुपमा खाना खान छोड्छ र मर्छ । बीटीआईले सक्रिय रूपमा खाने लार्भा विरुद्ध मात्र प्रभावकारी हुन्छ, र लामखुट्टे प्युपा वा वयस्कहरूलाई असर गर्दैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु, लामखुट्टेबाट सर्ने रोग नेपालमा डेंगु ज्वरो, डेंगु हेमोरेजिक फिभर र डेंगु शक सिन्ड्रोमको रूपमा देखा परेको छ । प्रारम्भिक केसहरू सन् २००५को सुरुमा पत्ता लगाइयो । छिटपुट घटनाहरू जारी रह्यो र सन् २००६ र सन् २०१० मा प्रकोप देखा प¥यो । सुरुमा रिपोर्ट गरिएका धेरैजसो घटनाहरू छिमेकी देश (भारत) को यात्रा गर्नेमा देखिएको थियो तर पछिल्लो समय नेपालमै यसको बृद्धिविकास हुँदै गएको रिपोर्ट गरिएको थियो । इडिसिडिद्वारा सन् २००६ गरिएको अध्ययनले नेपालका तराईका जिल्ला चितवन, झापा लगायतका जिल्लामा डेंगुको जोखिम रहेको उल्लेख गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही  २४ सेप्टेम्बरमा जारी गरेको बुलेटिन अनुसार नेपालको ७६ जिल्लामा डेंगु फैलिएको र जनवरी २०२३ देखि सेप्टेम्बर २४ सम्म  २९ हजार ४ सय ६८ जना डेंगुबाट संक्रमित भएका र १५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्