खप्तड जोड्ने सेतीनदीमा पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा



बझाङ ।

देशकै धार्मिक एवम् ऐतिहासिक पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्ज जाने सबै भन्दा छोटो रूढमा पर्ने तमैल बजारको सेती नदिमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

लामो समय देखि सेतीनदीमा पक्की पुल नहुँदा विभिन्न समस्या झेलिरहेका खप्तडछान्ना गाउँपालिकाबासी नदीमाथि मोटरबे पुल बनेपछि हर्षित भएका छन् । सेती नदीमा पक्कीलपुल बने संगै बझाङ,बाजुरा,अछाम लगायतका अन्य जिल्ला संग सडक संजाल बझाङसँग जोडिएको छ ।

करिव २० करोड ठेक्कामा २०७३ सालदेखि निर्माण कार्य सुरूगरेको सपना केएस जेभी र सुर्मा सरोवर बजरंगवलीजेभी कम्पनीले समयमै निर्माण सम्पन्न गरि सक्नु पर्ने भएपनि २०७७ सालमा आएको वाढीले गर्दा सेती नदीमा निर्माणधिन रहेको मोटरबे पुलमा क्षति पुगेको थियो।

पुन २०७९ फागुन महिनामा सेती राजमार्ग (उत्तर खण्ड)चैनपुर ताक्लाकोट सडक योजनाले थप ठेक्का आह्वान गरेपछि सरकाले थप बजेट विनियोजन गरी पुलको थप एकफेजको निर्माण गर्न ठेक्का पुरानै निर्माण कम्पनीलाई दिएको थियो । सोही स्थानको भौगोलिक अवस्था कठिन भएपनि निर्माण कम्पनीको लगनशीलता र सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना बझाङको ताकेताले सम्झौता समयभित्र निर्माण कार्य सम्पन्न गरी असोज दोस्रो साथ सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले बताएको छ ।

सेती राजमार्ग(उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना पर्ने तमैल सेती नदिमा निर्माण भएको पक्की पुल अन्तर जिल्ला संग सडक संजाल जोडिने मुल प्रवे द्धाररूपमा रहेको छ ।

तमैल देखि खप्तडछान्ना गाउँपालिका हुदै बाजुरा जिल्ला र अछामहुदै तराई जोड्ने सेती राजमार्ग (उत्तर खण्ड) चैनपुर ताक्लाकोट सडक योजना मा निर्माणधिन अवस्थामा रहेका छान्ना क्षेत्रका तीनवटा पक्की पुलको पनि निर्माण कार्य दशै लगत्तै ठेकेदार र सम्बन्धि निकायलाई ताकेत गरी यहि असार मसान्तसम्म खप्तडछान्नागा पा मा रहेका ३ वटा पक्की पुल सम्पन्न गरी सक्ने लक्ष्य रहेको सेती राजमार्ग ९ उत्तर खण्ड० चैनपुर ताक्लाकोट सडक योजना कार्यालयका ईन्जिनियर पंकज सिंह धामीले बताएका छन् ।

निर्माण कार्यमा ढिला हुनुको मुख्यकारण सरकाले समयमै वजेट विनियोजन नभएकाले पनि निर्माण कार्य केहि ढिला सुस्ती भएको निर्माण कम्पनीका प्रतिनिधि नविन बिष्टले बताए । ऐतिहासिक खप्तड पर्यटकीय स्थल जोड्ने सेती नदिमा रहेको मोटरबे पुल ८० मिटर लम्बाइ रहेको छ ।पुलबने संगै सेती पारी रहेका स्थानीयहरूलाई आवतजावत गर्न र दैनिक उपभोग्य सामान ढुवानीमा सहज भई सुपथ मुल्यमा स्थानीयवासीहरूले सामान पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्