प्रेम, सद्भाव र समझदारीबाट मात्र शान्ति प्राप्त हुन्छ :  रेग्मी



पनौती ।

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले शान्ति लडेर जितेर हैन प्रेम, सद्भाव र समझदारीबाट मात्र प्राप्त हुने बताएका छन्  ।  मानिसको चाहना सुख र शान्ति भएको भन्दै उनले  पहिलो र दोस्रो विश्व युद्धले समेत विनाश र ध्वंस बाहेक केही नदिएको बताएका छन् ।

विश्व शान्ति दिवसको अवसरमा आज पनौतीमा आयोजित पनौतीदेखि नमोवुद्ध सम्मको विश्व सांस्कृतिक शान्ति पदयात्राको उद्घाटन गर्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले लडेर र जितेर शान्ति नआउने भएकोले राष्ट्रसङको जन्म भएको र अहिले शान्ति दिवस मनाइरहेको बताए ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्व बोकेको पनौती–नमोवुद्ध पदयात्राले शान्ति र संस्कृति प्रेमी नेपालीको व्यवहारिक पहिचान दिन सफल हुने उनको भनाई थियो । जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा भएको पदयात्रामा उत्साहजनक सहभागिता रहेको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिएका छन्  ।

प्रतिक्रिया दिनुहोस्