![](https://newsofnepal.com/wp-content/uploads/2023/09/dr-.-aanda-.jpg)
हृदयाघात भनेको मुटुको मुख्य नसाहरू विविध कारणले बन्द भएर मुटुमा आवश्यक रगत पुग्न नसकेर मुटुले काम गर्न छोड्नु हो ।
उमेर बढ्दै गएपछि मुटुको नसाहरूमा बोसो जस्ता बस्तु थुप्रिँदै जान्छ र नसाहरू बिस्तारै साँगुरिँदै जान्छ । ७०५ भन्दा बढी नसा बन्द भए पश्चात् छाती दुख्ने र हृदयाघात हुने गर्दछ । नेपालको सन्दर्भमा विगत केही वर्ष देखि हृदयाघात बढ्दै गइरहेको छ । २१ औँ शताब्दीमा प्रविधिको निकै धेरै विकास र रोगहरू बारे विश्व स्तरमै धेरै अध्ययन भइसक्दा पनि हृदयाघात बढ्दो क्रममा किन छ त ?
बढ्दो उमेर, मोटापना,चुरोट सेवन, रक्सी सेवन, रातो मासुको सेवन,चिल्लो खाना, मधुमेहका बिरामी,रक्तस्रावका बिरामी , अनियमित बयाम ,अटो इमिउन रोग जस्ता कुराहरूले हृदयाघातको सम्भावना बढाउँछ।
प्रायजस्तो, हृदयाघात भएका बिरामीहरूमा अचानक छाती दुख्ने हुन्छ । यो दुखाइ पाखुरा हुँदै हात सम्म ,माथि घाँटी हुँदै जबडा सम्म सर्ने गर्छ, पेट हुँदै पछाडि ढाड सम्म सरेर जान सक्छ।कहिलेकाहीँ त हृदयाघात हुने बिरामीमा छाती नदुख्न नि सक्छ , यो एकदम कम प्रतिशत बिरामीमा हुने गर्छ। र यो खतरनाक पनि हुन्छ ।
सामान्यता ,हाम्रो जस्ता मुलुकमा ग्रामीणतिर बसोबास गरिरहनुभएका बिरामीमा छाती दुख्न सुरुवात भएपश्चात् अस्पताल लग्न निकै धेरै घण्टा देखि दिन सम्म लाग्न सक्छ , र यस अवधिमा बिरामीको निधन भइसकेको हुन्छ। ग्रामीण तिरका बिरामीमा बन्द भएका मुटुका नसाहरूलाई खुल्ला बनाउने प्रविधि र विशिष्ट चिकित्सकको कमीले गर्दा बिरामी बचाउने सम्भावना घटेर जान्छ। हामी चिकित्सकले मुटुको रक्तसञ्चार पुन खुलाउने प्रक्रिया एकदम छोटो समयमा गरिसक्नु पर्छ ।
सहर बजारमा आधुनिक प्रविधि र विशिष्ट चिकित्सकको उप्लब्दता सहज हुन्छ , त्यस्पस्चात पनि सहरमा हृदयाघात भएका बिरामीको मृत्युदर बढ्दो क्रममै छ। सामान्यता बिरामीलाई छाती दुख्न सुरुवात भए पछाडि एम्बुलेन्स बोलाउन देखि बिरामीलाई अस्पताल लग्ने समय १ देखि २ घण्टा लाग्न सक्छ र त्यस पछाडि बल्ल अपचार सुरु हुन्छ र यो १(२ घण्टाको समय एकदम महत्त्वपूर्ण समय हो। यो समयलाई यतिकै खेर नफ्यालौ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय द्वारा हृदयाघात सम्बन्धी विशेष नीति बनाउन पर्ने मैले देखेको छु। बिरामीलाई छाती दुख्न साथ घरमै प्राथमिक उपचार गर्न मिल्ने खालको स्वास्थ्य नीति निर्माण गर्न सरकारले पहल गर्नपर्छ । र यो सम्भव पनि छ। ग्रामीण छेत्रतिर हामीले स्वस्थ चाैकी तथा प्राथमिक स्वस्थ केन्द्रमा हृदयाघातको लक्षण लिएर आउनु भएको बिरामीहरू लाई `अय्स्पिरिन´भन्ने चक्की दिने गर्दछौँ र बाकी उपचारका निम्ति ठुला अस्पतालमा रिफर गर्छौँ । एउटा यो सानो चक्कीले बिरामीको मुटुमा पुन केही अवधि सम्म रक्तसन्चालन गराउन मदत गर्छ र बिरामी ठुला अस्पताल नपुगुन्जेल सम्मको अवधि सम्म ज्यान जोगाउन सक्छ ।
मेरो धारनामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयाघातको सम्भावना रहेका बिरामीहरूका निम्ति समयमै पहिचान गर्न `अय्स्पिरिन´ कार्यक्रम सुचारु गर्नु पर्ने र हृदयाघात भएका बिरामीहरूका निम्ति घरमै प्राथमिक उपचार सम्बन्धी निति नियम बनाउनमा सक्रिय भएर लाग्न पर्छ र यस प्राथमिक उपचार सम्बन्धी ७७ जिल्लाका गाउँ गाउँ सम्म जनचेतना फैलाउन सक्नु पर्छ।।।
अन्तमा म फेरि सम्पूर्ण नेपालीमा स्वास्थ्यसँग खेलवाड नगर्न र स्वस्थ नै ठुलो धन हो भन्ने वाक्यांशलाई स्मरण गराउन चाहन्छु।
डा .आनन्द कु.सिंह अध्यक्ष , स्व.वि.युचिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगन्ज मेडिकल क्याम्पस त्रिभुवन बिश्वबिद्धालय टिचिङ अस्पताल महाराजगन्ज