सबल र निरोगी बन्न आफूलाई प्यार गर



व्यक्तिले आपूmले आपूmलाई प्यार गर्नुपर्दछ, गर्छ भन्ने कुरामा सबैको सहमति नै होला तर प्यारको शाब्दिक अर्थमा मात्र अल्झेर वास्तवमा आपैmंलाई अन्याय गरिरहेको वा गलत क्रियाकलापमा त भुलिरहेको छैन । व्यक्तिले सर्वप्रथम आपूmलाई प्यार गर्न शारीरिक र मानसिक अवस्था नै सही र सबल पार्ने कार्यमा जोड दिन आवश्यक छ ।

व्यक्ति स्वस्थ, सबल र निरोगी हुनु भनेको शारीरिक र मानसिक दुवै अवस्था सही भएको हुनु हो । यसको लागि खानपान, दैनिक क्रियाकलाप, सोचाइ आदि नै व्यक्तिको स्वस्थताको मापदण्ड हो । यही नै रोग र निरोगको कारक तत्व हुनेमा शंका छैन । हरेक व्यक्तिको फरक–फरक शारीरिक मापदण्ड, रुचि, क्षमता अनुरुप खानापिन, सोचाइमा फरक पर्ने त स्वाभाविक हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो शरीरको मापदण्ड बुझी खानपिन र दैनिक क्रियाकलाप गर्न सबल भइरहेको छ कि देखावटी र आम जनजीवन पद्धतिमात्र अँगालिरहेको छ । कतै आपूmले आपैmंलाई चिन्नु, प्यार गर्नुको साटो शारीरिक, मानसिक अन्याय त गरिरहेको छैन ?

यहाँ सम्झनुपर्ने मुख्य कुरा हो– स्वास्थ्य नै सबभन्दा ठूलो धन हो । स्वास्थ्य भएन भने केही पनि छैन । यस परिवशेमा पुनः एकपल्ट प्यारको अर्थ– मनको इच्छामात्र होइन, बरु शरीरको अंग–प्रत्यंगको कार्य बुभ्mनु, ती अंग–प्रत्यंगहरुको कार्य सहज बनाउनेतर्पm आ–आफ्नो कर्तव्य र दायित्वप्रति सचेत एवं सतर्क हुने हुन् । यदि यसको विपरीत ती अंगहरुको कार्यविधि, अन्तरकार्यमा असहज पार्ने खाना (बढी मात्रामा वा गुणस्तरहीन), गलत दैनिक क्रियाकलाप तथा नकारात्मक सोच गरेमा व्यक्तिले आपूmले आपूmलाई प्यार गरेको त कदापि मान्न सकिँदैन । शरीरलाई पाच्य नहुने तर मनको इच्छा भएको, सामाजिक प्रचलन र व्यवहारको नाममा अपाच्य खाना खाएर शारीरिकरुपमा आपैmंलाई रोगी बनाउने वातावरण त बनाइरहेको छैन ।

आफ्नो मन, वचन, शरीरको हकहितको लागि गलत कार्य त्याग गरी, सही कार्यबाट आउने परिणामलाई (जुन प्रचलित व्यावहारिकभन्दा फरक हुन सक्छ) स्वीकार र संयम अपनाई, आत्मसात् गर्नु नै वास्तवमा आपूmलाई प्यार गरेका ठहरिन्छ । यसै गरी वचन र मानसिक कुकर्म वा दुराचार गरी आपैmंले आपैmंलाई रोगी बनाइरहेको पो छ कि ?

शारीरिक अंग–प्रत्यंग, जोर्नीहरुलगायत कोषहरुलाई सही अवस्थामा राख्न विभिन्न प्रकारको व्यायाम गरेभैmँ मानसिक व्यायाम पनि जरुरी हुन्छ । शारीरिक व्यायाम नगरेकाहरुले अभ्यासको शुरुवाती अवस्थामा आफ्ना विभिन्न अवस्थाहरु नमिलेको, आपूmले आपैmंलाई प्यार नगरेको वा भनौं अन्याय गरेको महसुससमेत गर्न सक्छन् । शरीरमा भएका हाड, नसालगायत अन्य कोषहरुको अवस्था कतिको फरक भइसकेको होला, कतिको असहज अवस्थामा होला, त्यसलाई सच्याउने कार्य पनि व्यक्तिको प्रथम कर्तव्य हो ।

त्यसै गरी मानसिक व्यायाम अन्तर्गत आपूmसँग भएको खराब बानी–सोचाइहरु हटाउने प्रयास गर्नु, नभएको खराब बानी आउन नदिन प्रयत्नशील रहन्ु, भएको राम्रो बानीको अभिवृद्धि गर्नु तथा नभएको राम्रो बानी आउन दिन कोशिश गर्नु हो । यसरी मानसिक दुराचारबाट बची, मानसिक संयम गरी, मानसिक दुराचरण छोडेर मानसिक सदाचरण गर्नु नै आपूmलाई प्यार गरेको हुन्छ ।

कसैको जीवन कसैसँग तुलना हुन सक्दैन । खानपान पनि व्यक्तिगत क्षमता, इच्छा, पाचन प्रक्रियाको सामथ्र्य आदिमा भर पर्ने हुन् । अझ अर्को शब्दमा भन्नुपर्दा शरीरको अंग–प्रत्यंगको कार्यविधि, क्षमता अनुरुप नभएकोले विरोधस्वरुप नै विभिन्न रोगहरुका रुपमा प्रकट भएको हो । पृथ्वीमा विभिन्न धातु जस्तै– आगो, वायु, माटो, पानीको संयोजन भएझैँ शरीर पनि यस्तै धातुहरुको संयोजनबाट निर्मित र सञ्चालित भएको छ । यसमा बाधा–अवरोध भएपछि नै रोगरुपी आँधीबेहरी आएको भन्न सकिन्छ ।

यस्तो परिवेशमा बुद्ध वचन– व्यक्तिले जीवनयापनका लागि विवेकपूर्ण आहार गर्ने, मनोरञ्जनको लागि अथवा अहंकारको प्रदर्शनको लागि नभएको भनी दिएको कुरा पनि यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । आहार सेवन त जबसम्म शरीर स्थिर रहन्छ तबसम्म जीवयापन गर्नको लागि हो । यसै गरी पुरानो रोग निको गर्नको लागि, नयाँ रोग उत्पन्न नगर्नको लागि तथा जीवनयात्रा बाधारहित होस् भन्नको लागि हो । तर यसैको कारण रोग लाग्यो भने यस्तो खुवाइ के प्रयोजन भयो र ? व्यक्तिको शरीरमा भएको लामो आन्द्रामा टाँसिएको फोहोर एक–दुई दिनमा निस्कँदैन । त्यसको लागि १५–२० दिन लाग्छ ।

फेरि व्यक्तिले कति खाने भन्ने सवालमा एक भाग खाली नै राख्न उचित हो । खाएको सबै भाग आफ्नो लागि मात्र होइन, पेटभित्र हुने ३२ प्रकारका परजीवीहरुको लागि पनि हो । आखिरमा पेट त कैयौं परजीवीहरुको जन्मघर, बासस्थान, शौचालय, भान्छाघर आदि पनि हो । आखिर पेट त हाम्रो (व्यक्तिको) मात्र रहेनछ । अझ भन्ने नै हो भने, हाम्रा यी अंगहरु हाम्रो नियन्त्रणमा किन भएनन् त ? घर, कार्यालय, समाज देशको सञ्चालन पनि केही पद्धति कार्यविधि भएझैँ व्यक्तिको शरीर सञ्चालन, अंग–प्रत्यंगको आफ्नै र अन्तरनिहित कार्यसञ्चालन पद्धति, कार्यविधिका विपरीत भएमा असहज र विरोधको सामना गर्न परेभैmँ शारीरिक असहज र विरोध भन्नु नै रोगको अवस्था हो ।

समय, इतिहासको कालखण्डमा विभिन्न विद्यालगायत व्यवस्थापनतर्पm कैयौं सिद्धान्तहरु सृजित भए । व्यक्ति, समाजमा अध्ययन–अनुसन्धानदेखि विकास र परिवर्तनका लहरहरु पनि आए । तर जे–जस्तो विकास वा परिवर्तन भए पनि व्यक्तिको शरीर व्यवस्थापनको सर्वमान्य र एकीकृत सिद्धान्त अहिलेसम्म नभएको भन्न सकिन्छ । विभिन्न चिकित्सा पद्धतिको विकास र व्यक्तिको व्यवहार, सोचाइ, खानपिनमा परिवर्तन हुँदै आए तापनि औषधिमूलक उपायभन्दा रोग लाग्नुको कारण र त्यसको निवारणतर्पm जोड दिनुपर्ने आवश्यक कार्यक्रम, योजनाको अभाव महसुस हुन्छ ।

समाजको यावत् क्षेत्रमा व्यवस्थापनको सिद्धान्त लागू गर्न अग्रसर व्यक्तिले स्वयं आफ्नो शरीरको व्यवस्थापनमा के–कसो चासो, समय, लगाव दिएको छ । शरीरको व्यवस्थापनद्वारा शारीरिक र मानसिक स्वस्थताविना अन्य क्षेत्रको व्यवस्थापन सही र सफल हुने कल्पना हामी गर्न सक्दैनौं । यसतर्पm पनि सबै सम्बद्ध निकाय र अझ स्थानीय स्तरमा यसको प्रवद्र्धन, विकास, विस्तारतर्पm बढी क्रियाशीलताको अपेक्षा गर्र्नु सान्दर्भिक नै होला ।

अहिले देशमा जुन किसिमको काण्डैकाण्डहरुको छरपस्ट भइरहेको छ, यी पनि व्यक्तिहरुको आपूmप्रति प्यार नभएको प्रतिफल नै भएको भन्न सकिन्छ । वचनद्वारा हुने झुट, कडा वचन आदि, शरीरबाट हुने चोरी, व्यभिचार, नशालु पदार्थ सेवन तथा मानसिकरुपमा हुने लोभ, द्वेषजन्य क्रियाकलाप वा आपूmले आपैmंप्रति गरेका अन्याय हुन् । जुनसुकै किसिमको शोषकले अरुलाई दबाएर अन्यायमा पारी आफ्नो इच्छा परिपूर्ति गर्ने हन् वा नजानीकन नै वा जानाजानी अरुको हक–अधिकार छिनेर गरेको उपभोग पनि वास्तवमा आपूmले आपूmलाई प्यार नगरेको नभई वस्तुतः आपैmंलाई अन्याय गरेका नै मान्न सकिन्छ । आज समाजमा विभिन्न खालको काण्ड, भ्रष्टाचार, नक्कली कार्यको बाहुल्य, सामाजिक वैमनस्यता, आर्थिक अपारदर्शिता आदि सबैको कारण अरुलाई गरेको शोषणमात्र होइन, आपैmंले आपैmंलाई अन्याय र शोषण गरेको नै ठहरिन्छ ।

वाचिक दुराचारको कारणले भइरहेको रोग निर्मूल पार्न शारीरिक, मानसिक र वाचिक सदाचारयुक्त जीवन पद्धति आजको अपरिहार्य आवश्यकता हो । यही नै वास्तवमा आपूmले आपैmँलाई प्यार गरेको ठहरिन्छ, अरु सबै खालि लहडबाजी र देखावटीमात्र हुन् । आखिरमा राम्रो वा नराम्रो गर्ने आपैmँले हो, अरुले होइन । आफ्नो शरीरको मापदण्ड जाँच्न आपैmँ पनि सक्षम हुन आवश्यक छ ।

अतः आपैmँले आपूmलाई प्यार गर्ने उपायहरुको पहिचान–खोज व्यक्तिको पहिलो कर्तव्य र दायित्व हो भने वास्तवमा समाजको सही हकहित पनि यसैमा निहित भएको स्वतः सिद्ध हुन्छ ।

(लेखक चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्