यस्तो छ डेंगी नियन्त्रणका लागि पूर्वतयारी



काभ्रे । डेंगी सक्रमणमा नेपालका १० वटा उच्च जोखिम जिल्ला मध्ये काभ्रेपलाञ्चोक समेत समावेश भए पछि जिल्लामा डेंगी नियन्त्रणका लागि पुर्व तयारीका साथ कार्ययोजना तयार गरिएको छ । ‘समयमै जोखिमलाई न्यूनीकरण गरौ’ भन्ने अभियानका साथ डेँगी रोगबाट बच्न सर्तकता अपनाईएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

लामखुट्टेले बसोबास गर्न सक्ने गाडी÷सवारी साधन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेत÷बारीमा रहेको टायर, पानि जम्ने टाउँ, उद्योग÷कलकारखाना, होटेल÷ब्यबसायमा रहने टायर, गमला, सजावट सामाग्री

मठ÷मन्दिरमा रहेका कतरा, पनि जम्ने ठाँउ, घर÷अफिसमा रहने गमला, पानि जम्ने ठाउँलाई नियमित सरसफाई गर्ने तथा पानी जम्न नदिने योजनामा कृयाशिल रहन अनुरोध गर्ने जिल्ला विपद ब्यवस्थापन समितिको कार्ययोजना, निर्देशन र सहकार्यमा अभियानहरु सन्चाल गरिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोतम सेढाईले बताउनु भयो । स्वास्थ्य कार्यालय डेंगीको निरन्तर निगरानी (क्लिनिकल र प्रयोगशाला) गरिरहेको उहाँले बताउनु भयो । स्थानीय तह, प्रदेश र संघसंँग समन्वयमा रहेर जानकारीको आदानप्रदान र आपूर्तिमा सहजीकरण गरिरहेको छ । तत्काल प्रतिकार्यको तयारी आवस्थामा रहेको छ ।

जिल्ला द्रुत प्रतिकार्य टोली गठन भएको छ र तत्काल परिचालन हुने गरि आपूर्ति ब्यबस्थापन सहित तयारी आवस्थामा रहेको उहाँले बताउनु भयो । होटेल ब्यबसायी संघ र उद्योग ब्यबसायी संघका पदाधिकारी संग बैठक बसी प्रतिकार्यको लागि कार्यक्रम तय गरि समन्वयमा कार्य गरिरहेको छ । होटेल तथा उद्योग ब्यबसायीले होटेल÷ब्यबसाय र परिसरको वरिपरी सरसफाई र लामखुट्टेको बासस्थानको ‘खोज र नस्ट गर’ राष्ट्रिय अभियान संचालन गर्ने, स्वास्थ्य कार्यालयले प्राबिधिक र उपलब्ध आपूर्ति ब्यबस्था मिलाउने, पालिका स्वास्थ्य शाखा, बिद्यालय नर्स र स्थानीय स्वास्थ्य संथाहरुलाई डेंगी बिरुद्धको प्रतिकार्य संचालन गर्ने प्राबिधिक सहयोग र अनुरोध गरिएको उहाँले बताउनु भयो । संचार माध्यमबाट जनचेतनाका सामाग्रीहरुको प्रचारप्रसार गरिएको छ भने इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रले निर्माण गरेका सामग्रीहरुलाई सबै स्थानीय तहमा बिभिन्न माध्यमबाट उपलब्ध गराईएको छ भने स्थानीय तहसंँग प्रत्यक्ष र अनलाईन मिटिङ्ग संचालन भईरहेको छ । प्रदेश तथा संघिय तहामा अनलाईन मिटिङ्ग बाट बिषय बस्तुको बारेमा अध्याबधिक गर्ने गराउने गरिएको उहाँले बताउनु भयो । डेंगी लगायत अन्य कोभिड, झाडापखाला, रेबिज, एम्पक्सको बारेमा विरुद्धमा लाग्न प्रेरित गरिएको उहाँले बताउनु भयो ।

स्वास्थ्य कार्यालय काभ्रेले जिल्लाका १३ वटै पालिकामा डेँगी नियन्त्रणका लागि विशेष कार्य गर्ने गरी सरोकारवालाहरुसँग तयारी बैठक आयोजना गरेको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. पुरुषोतम सेढाईले अघिल्लो वर्षको अनुभवका आधारमा यो वर्ष डेंगी नियन्त्रणको तयारी गरिएको बताउनु भयो । ‘नेपालका १० जिल्ला भित्र काभ्रेपलाञ्चोक परेको छ’– स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोतम सेढाईले भन्नुभयो–‘डेंगी नियन्त्रणका लागि सबै क्षेत्र सक्रिय हुनु आवश्यक छ ।’ खेतबारी, होटल ब्यवसाय, सडक तथा ब्यवसाय र घरको छत तथा भ¥याङ्गमा राखिने गमलाहरुमा जम्ने पानीमा लामखुट्टेले डेरा जमाउँदै त्यहिबाट विभिन्न ब्यक्तिहरुकोमा डेँगी फैलाउने काम गर्ने भएकाले किसान, ब्यवसायी र सर्वसाधारण सबै सचेत हुने गरी तयारीका लागि आवश्यक छलफल गरिएको डा. सेढाईले भन्नुभयो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले डेंगी नियन्त्रणका लागि सबै क्षेत्रसँग समन्वय र सहकार्य गरिने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्थानीय तह मातहत रहेका सबै निकाय र क्षेत्रहरुमा डेँगी नियन्त्रण, त्यसबाट बच्ने उपाय र डेँगी संक्रमण भई सकेपछि अपनाउनु पर्ने सुरक्षा सर्तकताका बारेमा आवश्यक सचेतना फैलाउनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्