महालेखाको सुझावलाई लत्याउँदै ललितपुर महानगरपालिका, साइकल लेनका लागि फेरि १ करोड विनियोजित

कस्तो हुनुपर्छ साइकल लेन ?



ललितपुर । महालेखा परीक्षकको कार्यालयले औंल्याएको विषयलाई अटेर गरी ललितपुर महानगरपालिकाले साइकल लेनका लागि फेरि १ करोड रुपियाँ विनियोजित गरेको छ ।

कुपन्डोल, पुल्चोक, लगनखेल, जावलाखेल र मंगलबजारमा साइकल चालक नै असुरक्षित र ठूला सवारीको जोखिम हुने गरी साइकल लेन बनाउनु अव्यावहारिक भनेर गत वर्षको ५९औं प्रतिवेदनमै महालेखाले औंल्याए पनि महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा साइकल लेनको लागि सो रकम विनियोजित गरेको हो ।

साइकल लेनको लागि उपर्युक्त सडक पूर्वाधार नभए पनि महानगरपालिकाले त्यसलाई निरन्तरता दि“दै आएको थियो । हाल बनाइएको साइकल लेनलाई महालेखाको प्रतिवेदनले अव्यावहारिक भने पनि महानगरपालिकाले त्यसलाई बेवास्ता गर्दै सडकमा हरियो मार्किङ गरी साइकल लेन बनाउ“दै आएको छ ।

ललितपुरमा ३२ किलोमिटर साइकल लेन रहेको छ । महानगरपालिकाले साइकल लेन बनाउन पहिलो चरणमा आ.व. २०७५÷७६ को बजेटबाट ५० लाख रुपिया“ र २०७६÷७७ मा फेरि ५० लाख रुपिया“ छुटयाएको थियो । २०७६ साल मंसिर १४ देखि महानगरपालिकाले नेपाल साइकल सोसाइटीसँगको सहकार्यमा बनाउन शुरू गरेको साइकल लेन २०७७ को पुसदेखि सञ्चालनमा आएको हो । यी साइकल लेनमा हरियो रंग पोतेर साइकल लेन छुट्याइएको थियो । तर सवारीसाधन पार्किङ, व्यवसाय सञ्चालन र सडक किनारमा निर्माण सामग्री थुपारि“दा

यो साइकल लेन अतिक्रमणमा परेको थियो । ठूला सवारी साधनको आवतजावतले बढी हुने यो साइकल लेनमा साइकल बिरलै मात्रामा गुडे ।
महालेखापरीक्षकको प्रतिवेदनमा साइकल लेन बनाएको व्यावहारिक छैन भने पनि किन साइकल लेन बनाउन खोज्नुभएको भन्ने नेपाल समाचारपत्रको प्रश्नमा मेयर चिरिबाबु महर्जनले साइकल चढ्नेहरूलाई प्रोत्साहिन गर्न साइकल लेन बनाएको जवाफ दिनुभयो । उहा“ले साइकल लेनसम्बन्धी कानुन बनाउन कोसिस गरेको भए पनि विभिन्न कारण नसकेको बताउनुभयो ।

यसअघि महानगरपालिकाले एक कम्पनीसँग सम्झौता गरी २८ लाख ३२ हजार रकममा साइकल लेन बनाएको थियो । केन्द्रीय स्तरको सडक खण्डमा साइकल लेन बनाउ“दा सडक विभागसँग समन्वय गरिएको थिएन । ट्राफिकसँग कुनै समन्वय गरी साइलेन बनाइएकोमा भित्री रूपमा असन्तुष्टि पोखिँदै आएको थियो ।

महानगरपालिकाले निर्माण गरेको साइकल लेन पनि सडक विभागले कायम गरेको चार लेनमध्ये बा“यातर्फको लेनको आधा भाग पर्ने गरी मार्किङ गरिएको थियो । सडकमा छुट्याइएको साइकल लेन १ दशमवल ५ मिटरको रहेको छ ।

ठूला सवारीको लागि कायम गरेको लो स्पिड लेनको आधा भाग पर्ने गरी साइकल लेन मार्किङ गर्दा साइकल चालकलाई प्राथमिकता नदिएका कारण ठूला सवारीको जोखिम रहेको छ । ट्राफिक कार्यालयका अनुसार साइकल लेनमा साइकल चलाइरहेको अवस्थामा ठूला सवारीको ठक्करबाट धेरै दुर्घटना भइसकेका छन् । महालेखाले सडक विभाग र सहकार्यमा व्यावहारिक हुने साइकल लेन बनाउन जोड दि“दै आए पनि यस विषय महानगरपालिकाले बेवास्ता गर्दै आएका छन् ।

वातावरणको हिसाबले साइकल लेनलाई प्राथमिकता दिनु राम्रो भए पनि सडकमा हरियो रंगले मार्किङ गरे झैं साइकल लेन बनाउनु उचित नहुने सुझाव नगरवासीले दि“दै आएका छन् । उपत्यकाभित्रका सडकहरूमा साइकल लेन निर्माण गर्नु र प्रयोगमा ल्याउनु राम्रो भए पनि लेनको दीर्घकालीन, व्यावहारिक र प्रभावकारितालाई ध्यानमा राख्दै साइकल लेन निर्माण नगरिएकोमा नगरसभा वडाअध्यक्ष र वडासदस्यहरूले विरोध गर्दै आएका छन् ।

ललितपुर महानगरपालिका वडा नं ५ का महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ प्रश्न गर्नुहुन्छ– ‘अहिले ललितपुरको साइकल लेन भएकै सडकमा दाया“बाया“ कोरिएको छ । मात्र सिम्बोलिक संकेतले लेन चिन्नुपर्ने अवस्था छ । त्यसमाथि सधैजसो सवारी चाप पर्ने सडकमा साइकल लेन राम्ररी प्रयोगमा आएको छैन । त्यसमा एक करोड खर्च गर्न कसरी उचित भन्न मिल्छ ?’

कस्तो हुनुपर्छ साइकल लेन ?

अन्तर्राष्ट्रिय प्रयोग र मान्यताका आधारमा साइकल लेनको मापदण्ड कम्तीमा पनि एक दशमलव २ मिटरको हुनुपर्छ । सरदर १.२ मिटरदेखि २ मिटरसम्मको लेन हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । यो लेन अन्य सवारी साधनले प्रयोग गर्ने लेनभन्दा बाहिर हुनुपर्ने नियम छ । त्यसमा सडकको अवस्था हेरी तीन तरिकाले साइकल लेन छुट्याउन सकिन्छ ।

अहिलेको अन्तर्राष्ट्रिय प्रयोगका हिसाबमा डेडिकेटेट, कन्ट्रास्लो र एडभाइजर गरी तीन पद्धतिमा साइकल लेन छुट्टयाउन सकिन्छ । अहिलेको ललितपुरको प्रयोग एडभाइजर पद्धतिको हो । जुन त्यति प्रभावकारी र व्यावहारिक मानिदैन । भएकै सडकलाई साझेदारीको रूपमा प्रयोग गर्ने पद्धति भएकाले अन्य सवारी साधनले साइकल लेन मिच्ने र साइकल यात्रीको सुरक्षा समेत नहुने खतरा हुन्छ । तर, सडकको अवस्था र संरचनाका आधारमा सडकभित्र नै साइकल लेन छुट्याउन सकिने महानगरपालिकाको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्