मोटरपार्ट्स तथा मदिरासहित बोलेरो गाडी  नियन्त्रणमा



    इलाम।

 जिल्लाको सूर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।

सो गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विच २ प्याकेट, कार्बन १० थान, हेडलाईट १ थान,
सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो ।

बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्