नेपाल मानवअधिकार वर्ष पुस्तक : अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न



कालिकोट। 

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ का लागि संकलित घटनाहरुको समोबार  अर्ध वार्षिक पूर्व  समीक्षा कार्यक्रम कालिकोट जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

इन्सेक कालिकोटको आयोजनामा राखिएको कार्यक्रममा जिल्लामा सन् २०२३ जनवरीदेखि जुनसम्म संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २५ वटा घटना समेटिएको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधिले  प्रस्तुत गरेपछि कार्यक्रम सुरु भएको हो ।

प्रस्तुत घटनाहरूमा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका ६,  बहुविवाह ३ , हत्याका एक, दुव्र्यवाहर ५ र घरेलु हिंसाका १० वटा गरी २५ वटा घटना रहेका छन् ।

कार्यक्रममा जिल्ला न्यायधिश भरत लम्सालले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकका लागि संकलन तथा संप्रेसण गर्ने घटनाले समाजमामा मानव अधिकार संस्कृतिको विकास हुनुका साथै सामाजिक विकासमा टेवा पुगेको वताउनु भयो । साथै उहाँले अदालती प्रक्रियामा दर्ता भएका मुद्दाहरुको समेत इन्सेकले खोजी  गर्नुपर्नेमा जोड दिनु  भयो ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले जिल्लाका विकट बस्तीमा लुकेर रहेका मानव अधिकार उलङ्घन ज्यादतीका घटनाहरु उजागर गर्न इन्सेकलाई अग्रह गर्नु भयो । उहाँले मानव अधिकारको संरक्षण सम्वद्र्धन गर्ने राज्यको दायत्व भएपनि इन्सेक जस्ता मानव अधिकारको क्षेत्रमा काम गर्ने सस्थाहरुले महत्त्वपूर्ण काम गरिरहेको वताउनु भयो ।

कालिकोट जिल्ला प्रहरी कार्यालय प्रमुख जयश्वर रिमालले घरेलु हिंसाका घटनाहरु अधिकांश मेल मिलापमा जाने भएकाले इन्सेकले घटनाको फलोअफ गरेर मात्र पुस्तकमा प्रकाशन गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा काँग्रेसका गणेश शाही,एमालेका पुष्पराज गिरी,माओवादी केन्द्रका मिमबहादुर कार्की,एकीकृत समाजवादीका लालबहादुर मल्ल, जिल्ला कारागरका जेलर नरबहादुर मिजार, जिल्ला बार इकाइका अध्यक्ष अमलराज शाही,नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट,नागरिक समाजका दमराज वम,मानव अधिकार रक्षक सञ्जालका डिल्ली चौलागाँई, दलित अधिकारकर्मी रमेश नेपाली, महिला अधिकारकर्मी कोपिला शाही लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्