कास्कीका एक इन्स्पेक्टरले अनलाइनमा यौन दुर्व्यवहार गरेको आरोप



कास्की। 

जिल्ला प्रहरी कार्यालय कास्कीका एक इन्स्पेक्टरले सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको भन्दै  एक पीडितले टिवटरमार्फत सार्वजनिक गरेकी छिन् ।

उनले ट्विटरमा लेखेकी छिन्, ‘सुरक्षा सेवक भएर उनले नेपाल प्रहरीको आफ्नो शक्ति प्रयोग गरेर महिलाहरुका लागि असुरक्षाको अवस्था सिर्जना गर्दै आएका छन् । (अंग्रेजी ट्रान्सलेट गरिएको) ।’ कास्की जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको रुपमा रहेका सुवास तिमिल्सिनाले सामाजिक सञ्जालमा यौन दुर्व्यवहार गरेको पीडितको आशय छ ।

उक्त विषयमा प्रहरी निरीक्षक सुवास तिमिल्सिनासँग सम्पर्क गर्दा आफूले नचिनेको र कसले सार्वजनिक ग¥यो भन्ने सम्म थाहा नपाएको बताए । उनले आफ्नो आइडी ह्याक भएको र हाल त्यो आइडी बन्द भएको समेत सुनाए ।

यस्तै साइबर ब्युरोका सूचना अधिकारी एसपी पशुपति रायले उक्त विषयमा अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने बताए । घटनाबारे थप विवरण आउन बाँकी  छ।

प्रतिक्रिया दिनुहोस्