नागरिकता सच्याएर सामाजिक सुरक्षा भत्ता- नागरिकतामा भेटिएका पति मतदाता नामावलीमा भेटिएनन्



बाजुरा । सामाजिक सुरक्षा भत्ता समयमा नपाउनु, सम्बन्धित व्यक्तिको हातमा नपर्नु र बितिसकेपछि पनि लगत कट्टा नगर्नु बाजुराका लागि नयाँ कुरा भने हैन । पछिल्लो समयमा वृद्धभत्ता बुुझ्नकै लागि नागरिकतामा मनोमानी उमेर घटाएको पनि पाइएको छ ।

बाजुराको गौमूल गाउँपालिका–५ की एक महिलाले नगारिकतामा उमेर घटाएर विगत लामो समयदेखि सामजिक सुरक्षा भत्ता लिँदै आएको खुलेको हो । उमेर घटाएर सामाजिक सुरक्षा भत्ता लिनेमा नागरिकता नं १६१० की धौली बुढा हुन् । उनको नागरिकतामा जन्ममिति २०१४ साल लेखिएको छ । तर गाउँपालिकाको पञ्जीकरणमा उमेर सच्याएर २००४ साल १ महिना १ गते जन्म भएको उल्लेख छ । सोही नागरिकता नम्बरको फोटोसहितको मतदाता नामावलीमा पनि २००४ साल १ महिना १ गतेको जन्ममिति राखेका छन् । उनको नागरिकतामा पति धौले बुढा छन् भने मतदाता नामावलीमा जित बुढा पति कायम गरिएको छ । जित बुढा सोही गाउँपालिकाको पाँच नं वडा कार्यालयमा कार्यालय सहयोगीमा काम गर्दै आएका छन् । उनी धनी बुढाका छोरा भएको स्थानीयले बताएका छन् ।

२०७५ सालअघि नै उनले नागरिकता सच्याएर वृद्ध भत्ता प्रयोग गर्दै आएका थिए । उमेर नपुुगी सामाजिक सुरक्षा लिएको भन्ने विरोध भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरीसमेत परेको छ । उजुरी परेपछि पनि उनको खातामा रकम आइरहेको छ । अघिल्लो भत्ता निकालिसकेको र पछिल्लो भत्ता पनि खातामा जम्मा भएको स्रोतले बताएको छ ।

‘शुरूमा वडा अध्यक्षले कागत प्रमाणित गरेर पठाउने हो त्यो मेरो कार्यकालमा हैन अघिल्लो वडाअध्यक्षले गरेका हुन् । नागरिकता सच्याएर भत्ता लिइरहेको सुनिन्छ, वास्तविकता के हो म बुुभ्mछु’ –गौमूल गाउँपालिका–५ का वडाध्यक्ष कलकबहादुर सिंहले भन्नुुभयो । ‘धेरै पहिलेको कुरो हो कसले कसले उमेर घटायो के ग¥यो थाहा भएन, रेकर्डमा देखिएपछि भत्ता रोक्न मिलेन । जिल्ला प्रशासन कार्यालयबाट हालै पत्र आएपछि कार्यालय सहयोगी जितबहादुर बुढालाई स्पस्टीकरण सोधेर वृद्ध भत्ताबापतको रकम राजस्वमा जम्मा गर्न लगाएका छौं । १० हजार नगद लिएर आएका थिए, हामीले सीधै राजस्वमा जम्मा गर्नु भनेका छौं । भौचर प्राप्त भएको छैन’ –गौमूल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश भट्टले भन्नुुभयो । ‘नागरिकता सच्याएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको छ यो गम्भीर कुरा हो । अहिले पालिकाले दिने सबै सुविधा रोकेका छौं । त्यस्तो गलत काम गर्ने कर्मचारीको जागिर जान्छ’, अधिकृत भट्टले भन्नुुभयो– ‘पुराना वडाअध्यक्षको पालामा भएकाले त्यो अध्ययनको विषय बनेको छ ।’

‘जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी परेको छ, त्यसको निर्णय प्रमुख जिल्ला अधिकारीले गर्ने हो, उहाँ काजमा हुनुहुन्छ । मुद्दा फाँटमा उजुरी आएको छ । सर आएपछि वादी प्रतिवादीलाई झिकाइन्छ । प्रमाणित भएमा संलग्न सबैलार्ई कानुनी कारबाही हुन्छ’ –सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सिनाले भन्नुुभयो । ‘वडाबाट मुचुल्का सिफारिस बनाएर पठाएको छ नागरिकता पनि रोकिएको छ । छानबिन नहुँदासम्म प्रक्रिया अगाडि बढ्दैन’ –सहायक प्रजिअ तिमिल्सिनाको भनाइ छ ।

नागरिकलाई भोट बैंकका रूपमा प्रयोग गर्ने राज्यकोषको दुरुपयोग गर्नेलाई ‘कानुनअनुसार कारबाही गर्नुपर्छ । कीर्ते नागरिकता, कीर्ते साइन कीर्ते मान्छे तयार गरी सामाजिक सुरक्षा कोषको चरम दुरुपयोग भएको छ । विगतमा कर्मचारीले मनोमानी नाम लेखेर धेरै बदमासी गरे त्यसको उदाहरण बडिमालिका नगरपालिकमा पनि देखिएको थियो । कीर्ते गर्ने कर्मचारी अंगत महतलाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेर जोगाए’ –एक स्थानीय युवाले गुनासो गरे ।

‘धनी बुढा त एक प्रतिनिधि पात्र मात्र हुन् । गाउँगाउँमा सामाजिक सुरक्षा भत्ता सदुपयोग अभियान चलाउने हो भने यस्ता कीर्ते तमाम भेटिन्छन्’ –स्थानीय वीरजित महताराले भन्नुुभयो । जिल्लाका केही पालिकाले पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारी घरघरमा गएर वृद्धभत्ता अपाङ्ग अशक्त एकल महिला सामाजिक सुरक्षा भत्ता बाँडेका छन् । यसले वृद्धवृद्धालाई केही राहत महसुस पनि भएको छ । अझै सामाजिक सुरक्षा भत्ता प्रभावकारी बनाउन घरघरमा प्रभावकारी अनुुगमन हुनुपर्छ । फर्जी गर्नेलाई कानुनसम्मत कारबाही गर्नुपर्छ अनि सुशासनको प्रत्याभूति हुन्छ स्थानीय बुद्धिजीवीहरूको भनाइ छ ।

मुलुकी अपराध संहिता २०७४ संशोधन २०७६ को दफा २७६ को उपदफा २ को १ बमोजिम कीर्ते लिखत कसुर ठहरिए सोही संहिताको दफा २७७ उपदफा २ अनुसार लिखत कसुर गर्ने व गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्