रवीन्द्रपछि रविः पारिवारिक राजनीतिमा किन बन्देज ?



काठमाडौं ।

नयाँ पुस्ताले राजनीतिमा चासो राखेन भन्नेहरूको कथनलाई नकार्दै युवा पुस्ता आ–आफ्नै स्वेच्छाले राजनीतिमा चासो राख्न र क्रियाशीलता बढाउन थालेका उदाहरणहरू बाहिर आएका छन् ।

यो देशको लागि राम्रो सन्देश पनि हो । यसै क्रममा झण्डै ६ वर्षअघि विवेकशील नाम लिएर एक समूहअघि आयो । सामाजिक सञ्जालमा यो समूह निकै छायो ।राजनीतिक दल र पुराना नेताहरूको खोइरो खन्दै सोसल मिडिया कब्जा गरेर केही ब्यक्तिको उदय नभएको होइन । विवेकशीलको उदयलाई केही व्यक्तिले भारतको दिल्लीस्थित केजरीवाल पार्टीसँग तुलना गरे । चुनावभर विवेकशीलको चहलपहल रह्यो । देश तथा विदेशमा रहेका नेपालीहरूले विवेकशीललाई आर्थिक सहगोग पनि गरे ।

तर, त्यसको उपलब्धि शून्य रह्यो । चुनावपछि उनीहरू चुनाव लडेको क्षेत्रमा कुल्चिन पनि पुगेनन् र मिडियावाजी गर्दै सपनाको घर बनाउदै बसे, आन्तरिक द्वन्द्वमा फसे । अन्ततः क्षितिजबाट हराए । यसबाट के आँकलन हुन्छ भने गफ र भाषण सबै जान्दछन्, वास्तक राजनीति गर्न सहज छैन । विवेकशील पर्टीको नेतृत्व लिएका पत्रकार रवीन्द्र मिश्रको राजीनामाले यही तीतो सत्य उजागर गर्दछ ।

रवीन्द्रसँग पेसागत समानता रहेका र नाम पनि मिल्दाजुल्दा टेलिभिनका प्रस्तोता रवि लामिछाने नयाँ पार्टी लिएर आएका छन् । मिश्र बेलायतबाट नेपाल फर्केका हुन् भने लामिछाने अमेरिकाबाट । यिनका समर्थक पनि मिश्रका समर्थक उमेर समूहका युवा जमात नै देखिन्छन् ।वर्तमान नेपालमा धेरैजसो विज्ञहरू आफ्नो विषयमा कमजोर हुने र अरूको विषयमा बढी जानकार हुने रोगको शिकार छन् । अन्य पेसा व्यवसायका मानिसहरू राजनीतिका जानकार बनेर राजनीतिकर्मीमाथि जाइलाग्ने र जानी–नजानी राजनीतिमा लागेर जीवन बर्बाद पार्ने जमात पनि प्रशस्तै छ । भएको गरेका पेसा छाडेर राजनीतिमा लागेर सर्वस्व सक्नेले पनि राजनीति गरेका छन् भने नेताका अफ्ना मान्छे बनेर राजनीति गर्नेले राजनीतिलाई खाइपेसा पनि बनाएका छन् । हाम्रो परिवेशमा राजनीतिमाको सफल हुने र को नहुने भन्ने मापडण्ड भने छैन ।

रवि लामिछानेले पनि आम राजनीतिक दलको जस्तै अन्य दलमाथि शब्दले भ्याएसम्म आक्षेप लगाएर पार्टी गठन गरेका छन् । उनका भाषणहरू सुन्दा जनतालाई अलमल्याएर म गर्छु भन्ने संकल्प अधिक छ । मानव संवेगलाई प्रभाव पार्न खोजिएको छ । उनका नीति कार्यक्रम पनि कर्णप्रिय नै छन् । तर, सन्सारमा एकलै गर्न नसकिने काम हो राजनीति । राजनीति जनतासँग प्रत्यक्ष सरोकार राख्ने नीति हो भन्ने सत्य भुलेका छन् रविले । राजनीति सबैको साथ सहयोग चाहिन्छ तर एकलै हाँक्न सक्नेगरी प्रस्तुत भएका छन् उनी । यो नै पहिलो असफलताको संकेत हो । रविको पर्टीमा अरू सामेल हुनआउने पाराले उनी उपस्थित भए, सामूहिक कार्य बिर्सिएको र एकाङ्गी पन झल्केको छ ।

कुनै पनि सस्था जन्मे पछि मर्दैन । गतिशील भएर भोलि देश हाक्न पनि सक्ला तर मति राम्रो भए गती लेला यसमा रविको प्रस्तुतिमा आलोचना खुल्ला छ भनेका छन् जसले हामीलाई पनि यसबारे बोल्न लेख्न बाटो खोलिदिएको छ । रविको धारणामा उल्लेख गरिएको एकै परिवारका सदस्यलाई राजनीति गर्न बन्देज लगाए । यो कुरा उठाउनु अति अराजनीतिक सोच हो ।उनले वर्तमान परिस्थिति र प्रपोगाण्डालाई भजाएर जनताको सेन्टिसेन्ट खिच्नका लागि गरेका हुन् भने ठीकै होला । यस्तो काम राजनीतिमा चल्छ पनि । साच्चिकै राजनीति सुधारका लागि सोचेका हुन भने यसले नेपालको राजनीतिमा अपार योगदान दिएका राजनेतामाथि अपमान गर्दछ ।

यदि पं. कृष्णप्रसाद कोइरालाले परिवारमा राजनीति बन्देज लगाएको भए विपी कोइरालाको उदय कसरी हुन्थ्यो ? विद्या कोइरालाले महिला नेतृत्वमा दिएको योगदान गणेशमान सिंहकै धर्मपत्नीले महिला जगतलाई नै दिएको नेतृत्व, मनमोहन अधिकारीसँग काँधमा काँध मिलाएर महिला अधिकारका लागि एकै परिबाट गरेको योगदान, गिरिजाप्रसाद कोइलाला बिपी कोइरालाकै परिवारका थिए जसले पटपटक जनविश्वास जितेर राजनीति गरे, अमृत बोहरा र अस्टलक्ष्मी शाक्यको योगदान, महेद्र नारायणनिधि पछि विमलेन्द्र निधिले गरेको राजनीति, केशव कोइराला, तारणी कोइलाला, सरोज कोइराला, लीला कोइराला, नोना कोइरालाले खेलेको भूमिका किन आपत्तिजनक भयो ? किन एकै परिवारले राजनीति गर्न नहुने ? शेखर कोइरालाको के कमजोरी पायो रविको मिडिया कर्मले ? रामशरण महतले राजनीति गरे, प्रकाशशरण आए, फेरि रमेश आउँदैछन् ।

जनताले विश्वास गरे पदमा पुग्लान् । त्यस्तै अरु पनि छन् ।सामाजिक सर्वेक्षण गर्ने हो भने जागिरे परिवार जागिरमा, व्यापारी व्यापारमा, शिक्षकका शिक्षणमा लागेको अधिक पाइन्छ । पारिवारिक सिकाइका साथ हुर्केका व्यक्तिले आफूलाई त्यतै लगाउँदा सफलताको सम्भावना पनि बढ्छ । रवि स्वयं दाजु पत्रकार भएका कारण पो यतातिर आकर्षित भएका थिए कि ?
(दवाडी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्