विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने सरकारकाे निर्णय



काठमाडौं ।

सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले बढुवा समितिको सिफारिसका आधारमा सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्