माधव नेपालको गृहनगरमा मेयर र उपमेयरमा एकीकृत समाजवादीकाे जित



काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुबै जितेको छ।

अन्तिम मतपरिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोसपाका अजयकुमार गुप्तालाई हराएका हुन् । साहले ६३८१ मत ल्याउँदा गुप्ताले ३७५५ मत पाए।

उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साहले ४८०९ मतसहित विजयी भएकी छन्। कांग्रेसकी शाहजान खातुनले ३६८५ मत पाइन्।

यो पालिकाका ९ मध्ये ६ वडामा पनि एकीकृत समाजवादीले अध्यक्ष जितेको छ। २०७४ मा यहाँ मेयर राजपाले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्