ललितपुर र कीर्तिपुरमा एमालेका दुई सदस्य निर्विरोध



काठमाडौं । 

स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकामा दुई महिला सदस्य निर्विरोध भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार र कीर्तिपुर नगरपालिका–८ बाट सरस्वती परियार निर्विरोध हुनुभएको छ । सरस्वती परियार अघिल्लो निर्वाचनमा समेत विजयी हुनुभएको थियो ।

यद्यपि, यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण दुवैजना निर्विरोध हुनुभएको हो । ती वडामा अन्य पार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन् ।

नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरे पनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्