शताब्दीअघिको महामारी जस्तै ओमिक्रोन



वासिङ्टन, (एजेन्सी) ।

संसारमा ओमिक्रोन भेरियन्टको लहर १९१८ मा आएको फ्लू महामारीसँग धेरै मिलेको जनाइएको छ । एक शताब्दीअघि पनि मान्छे मास्क लगाएर घरबाट निस्कन्थे । आज शताब्दिपछि पनि त्यस्तै वातावरण आइरहेको छ ।

अमेरिकाको ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता क्रिस्टोफर मेकनाइट निकोल्सले बताएका छन्– ‘१९१८ फ्लूले युवा र स्वस्थ व्यक्तिहरुलाई पहिले आफ्नो चपेटामा पारेको थियो ।’ ‘फेबु्रअरी १९१८ मा आएको फ्लू पहिलो विश्वयुद्धका कारण अमेरिकाबाट पूरै संसारमा फैलिएको थियो । यो पनि हावाबाट पैmलिने भाइरस थियो’, द वासिङ्टन पोस्टमा प्रकाशित एक लेखमा निकोल्सले लेखेका छन्– ‘यसको संक्रमण संसारभरिमा फैलिन केवल ६ महिना लागेको थियो । जब कि ओमिक्रोनसरह यस फ्लूको मृत्युदर पनि कम थियो ।’
उहाँका अनुसार फ्लूको केही लक्षण पनि ओमिक्रोनकै जस्तो थियो । यसमा व्यक्तिलाई रुघा लाग्ने र ज्वरा आउने हुन्थ्यो । त्यति बेला पनि मान्छेले हेलचक्राइँ गरे । उनीहरुले ३ दिनसम्म रहने एक साधारण ज्वरो सम्झेका थिए । ‘अक्टोबर १९१८ मा यो फ्लूको एक खतरनाक भेरियन्ट आएको थियो, जसले अमेरिकामा एक महिनामै २ लाख नागरिकको ज्यान लिएको थियो’, निकोल्सले भननुभयो– ‘सन् १९१९ मा पुगेपछि फ्लूको मामिला र मृत्यु दरमा कमी आएको थियो । संसारभरिमा फ्लू महामारीबाट कूल ५ करोड व्यक्तिको मृत्यु भएको थियो ।’

१९१८ वर्षमा पनि फ्लू महामारीको कारण सरकारहरुले मुभी थिएटर, पुल र बाँकी सार्वजनिक स्थानलाई बन्द गरेका थिए । मान्छेलाई घरबाट निस्कँदा मास्क लगाउनुपर्ने भनिएको थियो । मास्क नलगाउनेलाई जेलमा समेत हालिएको थियो । फ्लूबाट संक्रमित हुँदा त्यति बेला आइसोलेसन बस्ने र सामाजिक दुरीको पालना गर्नुपथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्