स्वरोजगारका लागि सामूहिक प्रयासमा युवाहरू



खोटाङ ।

खोटाङबाट वैदेशिक रोजगारीमा गएर फर्किएका र जान तयार युवाहरू मिलेर गाउँमै सामूहिक रूपमा व्यावसायिक कृषि शुरू गरेका छन् । वैदशिक रोजगारीमा गएर फर्किएका र जानलाई राहदानी बनाइसकेका लगायतका ४ जना युवाहरू मिलेर व्यावसायिक रूपमा कुखुरा, सुंगुर, तथा बाख्रा पालनमा जुटेका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवाहरूले गाँउमा बाझिएका २५ रोपनी जग्गालाई सदुपयोग गर्दै बाख्रा, कुखुरा, संगुर फर्म सञ्चालन गर्नका साथै नगदेबाली उत्पादनको तयारी गरेको छ । करिब ५ महिनाअघि सामूहिक श्रम तथा स्थानीय स्रोत–साधनको समेत प्रयोग गरी १५ लाख रुपियाँ लगानीमा युवाहरूले व्यवसाय शुरू गरेका थिए ।

बाख्रा, कुखुरा तथा सुंगुर फर्म बिस्तार गर्दै राँगा पालन र नगदे कृषिलाई समेतअघि बढाउादै फर्मलाई उत्पादन र आाम्दानीमूलक बनाउन विभिन्न योजना बनाइरहेको समूहका हेमन्त राईले बताउनुभयो ।

फर्मबाट उत्पादित वस्तुलाई जिल्ला तथा काठमाडौं, धरानलगायतका शहरहरूमा खपत गराउने योजना रहेको विनोद राईले जनाउनुभयो । हाल कुखुरा र सुंगुर बेच्न शुरू गरिएको राईले जानकारी दिनुभयो । विदेश जादाँको कमाई र गाउमै श्रम गर्दाको कमाईको तुलना गर्दा गाउँकैले जित्ने हिसाब निस्किएकाले वैदेशिक रोजगारीको मनसाय त्यागेर सामूहिक कृषि व्यवसायको अवधारणा बनाइएको युवाहरूको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाँदा गर्नुपर्ने लगानी र त्याहाँ गर्नुपर्ने श्रम गाउामै गर्दा आम्दानीका साथै व्यक्तिगत, पारिवारिक तथा सामाजिक शुख, सुरक्षा, आत्मसन्तुष्टि लगायत हरेक हिसाबले फाइदा हुने वैदेशिक रोजगारीमा गई फर्कनुभएका समुहमै आवद्ध यादव श्रेष्ठ बताउनुहुन्छ ।

गएको ४ महिनामा मात्र जिल्लाबाट वैदेशिक रोजगारीमा जानका लागि करिब १८ सय युवाहरूले श्रम स्वीकृति लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहे पनि गाउामै स्वरोजगार बनेर आम्दानी बढाउनेहरूको संख्या पनि बढ्दो पाइएको छ ।

कृषि व्यावसायिकरणका लागि ट्रेडिङ सेन्टर

हाल उत्पादनमा बृद्धि गराउने र कृषिलाई व्यावसायिकीकरण बनाउने उद्देश्यले किसानबीच सचेतना विस्तार गर्ने कार्य भइरहेको फाउन्डेसनका कार्यकारी निर्देशक सूर्य राईले जनाउनुभयो ।

कृषिविज्ञ मदन राईको अगुवाइमा व्यावहारिक शिक्षाको अभ्यास गर्दै/गराउादै आएको शुभद्रा मदन फाउन्डेसनले १ नम्बर प्रदेश सरकारको २० लाख रुपियाँ आर्थिक सहयोगमा तीन तले भवन निर्माण गरेको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित उक्त भवन यसअघि नै एक नम्बर प्रदेश प्रमुख परशुराम खापुङले उद्घाटन गरिसक्नुभएको छ । ट्रेडिङ सेन्टरमार्फत किसानलाई आवश्यक पर्ने बिउ, बेर्ना तथा किटनाशक औषधि, कृषि औजार उपलब्ध गराउनेदेखि किसानले उत्पादन गरेका कृषि उपज खरिद गरेर संकलन गर्दै बिक्रीवितरण गर्ने तयारी गरिएको छ

यस्तै, कस्टम हायरिङ सेन्टरमार्फत किसानलाई भाडामा कृषि उपकरण र जनशक्ती उपलव्ध गराउने सेवा सञ्चालन शुरू गरिसकिएको कार्यकारी निर्देशक राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्