आवश्यक भए फेरि मेयरमा उठ्छु : मेयर शाक्य



ईश्वरराज ढकाल, काठमाडौं ।

 काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरी महानगरपालिकाको मेयरमा उठ्ने सङ्केत गर्नुभएको छ । २७ औ महानगर दिवसको पुर्वसन्ध्यामा राजधानीमा  आयोजित पत्रकार सम्मेलनमा उहाँले पाटी र जनताले चाहेमा आफू फेरी मेयरमा लड्ने सङ्केत दिनुभएको हो ।

 मेयर शाक्यले  सञ्चारकर्मीले सोधेको उत्तर दिनै भन्नुभयो–साढे ४ वर्षे कार्यकालमा गरेका अधुरा काम पुरा गर्न बाकी रहेको महसुर भए पार्टीले पुन मेयरमा उठ भन्न सक्ला त्यसलाई नकार्ने विषय हुँदैन । नेकपा एमालेबाट निर्वाचित शाक्य हाल केन्द्रीय सदस्य हुनुहुन्छ ।
साढे ४ वर्षे कार्यकालका उपलब्धि र महानगर दिवसको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महानगरको विकासलाई सफल बनाउन प्रदेश र संघ सरकाबीचको राम्रो समन्वय हुनुपर्ने बताउनुभयो ।

विगतमा आफूले घोषणा गरेको योजना पुरा गर्न फेरी आफ्नो नेतृत्व आवश्यक महसुस भए पुन चुनाव लड्ने बताउनुभयो । भन्नुभयो–मैले एकल निर्णय गर्दिन, पार्टीले दिएको जिम्मेवारी पुरा गर्नेछौ ।  पत्रकार सम्मेलनमा उहाँले विकास निर्माणमा समन्वय नभएको गुनासो गर्नुभयो । भन्नुभयो– उचित समन्वय नभएको कारण एउटै विकास योजनामा करोडौँ रुपियाँ खर्च भएको छ, त्यसलाई व्यवस्थित गर्न  सङ्घीय सरकारको मुख्य भूमिका रहन्छ ।

उहाँले नले महानगरपालिकाभित्र सबै कामहरू सर्वसम्मति भइरहेको भन्दै पार्टीले यसको राम्रो मूल्याङ्कन गरिरहेको विश्वास व्यक्त गर्नुभयो ।  ‘चुनावी घोषणापत्र अनुसार कतिपय काम भएनन् होला, तर अरू पार्टीका राम्रा चुनावी घोषणाका राम्रा महानगरपालिकाले १ सय ९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको छ दिनुभयो ।

उहाँले हालसम्म १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । ‘मेरो कार्यकालमा ४ सय ८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २ सय २६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उहाँले भन्नुभयो, ‘वडा नं। ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

 उहाँले उपत्यका पुनर्निर्माण प्राधिकरणको कामप्रति असन्तुष्ट जनाउँदै सबै निकाय मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । भन्नुभयो–ढल निर्माणको काम प्राधिकरणको होइन स्थानीय तहको हो, जसको जुन उद्देश्य छ , त्यही उद्देश्य अनुसार अघि बढ्नुपर्छ भन्नुभयो ।
दश वटा वडा कार्यालयहरू निर्माणाधीन अवस्थामा रहेको ,आठ वटा वडाहरूको स्तरोन्नति गरिएको जानकारी दिनुभयो ।

२७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन÷निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको जानकारी दिनुभयो ।  ‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ, उहाँले भन्नुभयो, ‘४० वटा राजपत्र र एउटा ऐन सङ्ग्रह प्रकाशन भएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडा कार्यालयहरूमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’

५ हजार ७ सय ७१ जना ज्येष्ठ नागरिकको घरमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सुरु गरिएको उहाँको भनाई छ ।   सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिक स्थापना गरी महानगरपालिकाको सबै वडाहरूमा स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याइएको , ‘वीरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरिएको,  कोभिड महामारीको उपचारका लागि ९ वटा सरकारी र सामुदायिक अस्पताललाई करिब ११ करोड ६० लाख रुपैयाँ बराबरका ४६ थान भेन्टिलेटर प्रदान गरिएको उहाँको भनाई थियो ।

 उहाँले छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेद अस्पतालमा कोभिड विशेष अस्पताल र राधा स्वामी आइसोलेसन केन्द्र स्थापना गरिएको छ । कोभिड विरुद्धको खोप ३ लाख ७९ हजार ४३ महिला र ३ लाख ८९ हजार ६१७ पुरुष गरी ७ लाख ६८ हजार ६६६ जनालाई दिइसकिएको जानकारी गराउनुभयो ।

स्वास्थ्य मिर्गौला, स्वास्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको पनि जानकारी दिनुभयो ।  शिक्षाको सुधार कार्यक्रमको बारेमा जानकारी गराउँदै भन्नुभयो–‘महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको छ ।

नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको पनि जानकारी दिनुभयो । ‘काठमाडौंका मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरूलाई सहयोग गरिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरिएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय विषयका रूपमा नेपाल भाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । महानगरबाट एक वडा एक नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरूमा कार्यक्रम सञ्चालन भएको छ ।’

उहाँले आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक वार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरूलाई मासिक ३ हजार रुपियाँ उपलब्ध गराइँदै आएको पनि जानकारी दिनुभयो ।
‘आर्थिक वर्ष २०७५/०७६ देखि ए डिभिजनका फुटबल क्लबलाई वार्षिक १० लाख रुपैयाँ, बी डिभिजनका फुटबल क्लबलाई ३ लाख रुपैयाँ र सी  डिभिजनका फुटबल क्लबहरूलाई वार्षिक २ लाख प्रदान गरिँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘सहिदहरू – दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, नेपाल सम्वत‌्काे प्रवर्द्धक तथा राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको पूर्ण कदको सालिक निर्माण गरिएको छ । तारादेवी स्मृति फाउन्डेसन, नातिकाजी स्मृति प्रतिष्ठान, प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानलाई २० लाखका दरले सहयोग प्रदान गरिएको मेयर शाक्यको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रवक्ता ईश्वरमान सिं डंगोलले २७ औ महानगर दिवसमा खेलकुद, निबन्ध प्रतियोगिता , पुरस्कार र सम्मान लगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्