जिल्ला सभापतिमा यादवप्रसाद घिमिरेको उम्मेदवारीले अर्घाखाँची कांग्रेसमा उत्साह



रविन घिमिरे, अर्घाखाँची ।

देशभर नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेका बेला अर्घाखाँचीमा पनि यसको माहोल तातिरहेको छ । खासगरी जिल्लाको अधिवेशनका लागि जिल्ला सभापतिमा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । जसमा यादवप्रसाद घिमिरे, विष्णुप्रसाद खनाल मुस्कानु, केशव श्रेष्ठ र इन्द्रमणि पौडेल रहेका छन् । विष्णुप्रसाद खनाल मुस्कानु यसअघिको महाधिवेशनमा जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका उम्मेदवार हुन ।

शिक्षण पेसाबाट अवकास लिएर पूर्ण रुपमा राजनीति र समाजसेवामा लागेका यादवप्रसाद घिमिरेले जिल्ल्ला सभापति पदमा उम्मेदवारी दिएपछि अर्घाखाँची काँग्रेसमा उत्साह थपिएको छ।पाणिनि गाउँपालिका९५ मैदानमा जन्मे हुर्केका उनले लामो समय शिक्षण र स्रोत व्यक्तिका रुपमा जिल्लामै काम गरेका छन् । उनी नेपाल प्राथमिक शिक्षक संघ जिल्ला कार्य समिति सदस्य, नेपाल शिक्षक संघ अर्घाखाँचीको जिल्ला कार्य समिति सदस्य सचिव, अध्यक्ष र नेपाल शिक्षक युनियन अर्घाखाँचीको अध्यक्ष भई शिक्षा विकास र अन्य काममा सहभागी भए ।

पार्टी सुदृढीकरण र नेतृत्व विकासमा लागेका घिमिरे सहयोगी र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका व्यक्ति हुन् । उनी मानिस सामाजिक प्राणी भएकाले हाम्रा सबै कोशिस समाजकै लागि हुनुपर्छ ।त्यसैले कोही कसैप्रति दुरभाव नगरी मित्रवत व्यवहार गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताउँछन् ।२०३६र३७ सालको जनमत संग्रहका बेला विदयालयमा सानै कक्षामा पढ्दा बहुदलीय व्यवस्थाको पक्षमा आयोजित कार्यक्रममा सहभागी हुने हेर्ने सहयोग गर्ने, नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसका सबै गतिविधिमा लाग्ने, सहयोग गर्ने सामाजिक कामकाज गर्दै राजनीति सुरू गरेका घिमिरे २०४२ सालको सत्याग्रह २०४६ सालको पञ्चायतविरोधी आन्दोलन २०६२र६३ को आन्दोलन र सबै निर्वाचनमा क्रियाशील रहे ।

यसैगरी उनले नेपाल विद्यार्थी संघको जिल्ला अधिवेसन प्रतिनिधि,नेपाली कॉंग्रेसको तर्फबाट क्षेत्रीय प्रतिनिधि, गाउँकार्य समिति सचिव, गाउँकार्य समिति सभापति ,महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सहित विभिन्न तह र पदमा रही काम गर्ने मौक़ा पाए ।गाउँमै जन्मिएर निस्वार्थ सेवामा लागेका घिमिरे सबै पुस्ताको मन मनमा बसेका छन् । सबैका सहयोगी भएको र पार्टी संगठनलाई राम्ररी अघि बढाउन सक्ने क्षमता भएका उनले जित्ने दाबी उनका समर्थकले गरेका छन् । युवा नेतृत्व, बौद्धिक र प्राज्ञिक व्यक्तिलाई नै समर्थन गर्नुपर्ने धेरैको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्