‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक



काठमाडौं ।

शिक्षा पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको ‘राणाकालीन शिक्षा’ पुस्तकआज सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो । शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रुपमापुस्तक सार्वजनिक गर्नुभयो । राणाकालको १०४ वर्षको अवधिमाझाङ्गिएको शिक्षाको विकास क्रमका बारेमा खोज मूलक तथा ऐतिहासिक सामग्री सहितको यस पुस्तकमा राणाकालीन शैक्षिकलिखित, दस्तावेज आदि समावेश गरिएका छन् ।

यस पुस्तकमा हाल सम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएका छन् र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखकअधिकारीले बताए । लेखक अधिकारी विगत २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आएका छन् । उनी इतिहासका पनि रुचिकार हुन् । यस अघिउनको ‘एसएलसीको इतिहास’नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो ।पुस्तक इडी युसञ्जालले प्रकाशन गरेको छ । “विगत ११वर्षदेखि हामीले विद्युती यमाध्यम तथाकार्यक्रमहरूबाट विद्यार्थीलाई सुसूचितगर्दै आएका छौँ । अब खोजमुलक लेख तथा पुस्तकहरुलाई पनि प्रोत्साहन गर्नुपर्दछ भनेर शिक्षासम्बन्धी पुस्तकहरू प्रकाशनगर्ने योजना अनुरूप यस पुस्तकबाट प्रकाशन–यात्राथालनी गरेका छौँ” इडीयुसञ्जालका प्रमुख कार्यकारी अधिकृत टंकेश्वर आचार्यले बताए ।

पुस्तक १५ अध्यायमाविभाजित यो पुस्तक पढ्दा लाग्छ– कुनै कालखण्डको शैक्षिक इतिहासलाई प्रत्यक्ष अनुभव गरिरहेका छौँ ।निरङ्कुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पु-याए भन्ने बेली बिस्तार गरिएको छ ।पुस्तकमा दरबार हाइस्कुलका शिक्षक र उनको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरुको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखत आदिका बारेमा उल्लेख गरिएको पाइन्छ ।

पुस्तकमा ४४४ पृष्ठ छ । पातलो गाताको मूल्य रू. ५५० र मोटो गाताको मूल्य रू. ८५० रहेको छ । पुस्तकथुप्रै   thuprai.com किताबयात्रा kitabyatra.com जस्ता अनलाइन स्टोरबाट पनि मगाउन सकिनेछ र यसै साताबाट देशभरका प्रमुख पुस्तकपसलमा उपलब्ध हुनेछ । पुस्तक छिट्टै ई–बुकका रूपमा र विश्वभर अमेजनबाट पनि उपलब्ध हुने प्रकाशकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्