आर्थिक सकिन लाग्यो एक चौथाइमात्रै बजेट खर्च



विनोदसिंह विष्ट, बैतडी

आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा जिल्लाका विकासे कार्यालयको पुँजीगत बजेट खर्च एक चौथाइको हाराहारीमा रहेको कोष तथा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।चालू आर्थिक वर्षमा प्रदेश सरकार मातहत रहेको सुख्खा फलफूल विकास केन्द्रको २८ लाख ३० हजारमध्ये ६ लाख ५ हजार रुपियाँमात्रै खर्च भएको छ ।

यो कुल बजेटको २१ द्यशमलव ३७ प्रतिशतमात्रै खर्च भएको कोष तथा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिनुभयो । त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ४१ करोड ४३ लाख ५ हजार बजेटमध्ये ११ करोड ७ लाख ८५ हजारमात्रै खर्च गरेको छ । यो कुल बजेटको २६ दशमलव ७३ प्रतिशतमात्रै हो । जिल्ला स्वास्थ्य कार्यालयको १ करोड ९० लाख २१ हजार बजेटमध्ये ५५ लाख ७८ हजार खर्च भएको छ । यो कुल बजेटको २९ दशमलव ३२ प्रतिशतमात्रै खर्च भएको छ । जिल्ला अस्पतालको १ करोड ५ लाखमध्ये ३ लाख १६ हजारमात्रै खर्च भएको छ । यो कुल बजेटको २ दशमलव १ प्रतिशत मात्रै खर्च भएको छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरीदका लागि आएको बजेटको टेन्डर आह्वान भएको र खर्च भर्इ नसकेकाले कम खर्च देखिएको बतमइएकोछ । कृषि ज्ञान केन्द्रको १ करोड १५ लाख २० हजार बजेटमध्ये ३३ लाख ९ हजारमात्रै खर्च भएको छ । यो कुल बजेटको २८ दशमलव ७२ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी बजेट भएको पूर्वाधार विकास कार्यालयले १ अर्ब ३९ करोड २० लाख ६१ हजार बजेटमध्ये ८१ करोड १७ लाख बजेटमात्रै खर्च भएको छ । यो कुल बजेटको ५८ दशमलव ३ प्रतिशतमात्रै खर्च भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको २२ करोड २४ लाख बजेटमध्ये ५ करोड ३७ लाख ९६ हजारमात्रै खर्च भएको छ । यो कुल बजेटको २४ दशमलव १८ प्रतिशतमात्रै खर्च भएको छ ।यसैगरी घरेलु तथा साना उद्योग विकास समितिको ४६ लाख १० हजार बजेटमध्ये ४ लाख २ हजारमात्रै खर्च भएको छ । यो कुल बजेटको ८ दशमलव ७२ प्रतिशत मात्रै खर्च भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयको १६ करोड २६ लाख ६३ हजार पुँजीगत बजेटमध्ये ७ करोड १० लाख ७३ हजारमात्रै खर्च भएको छ । यो कुल बजेटको ४३।६९ प्रतिशत खर्च भएको छ । डिभिजन वन कार्यालयको ३ करोड २७ लाख ५९ हजार बजेटमध्ये १ करोड १९ लाख २ हजार खर्च भएको छ । यो कुल बजेटको ३६ दशमलव ३३ प्रतिशत मात्रै खर्च हो ।

केही कार्यालयहरुले बजेट थप खर्च गरेको भएको भए पनि भुक्तानी गर्न बाँकी रहेकाले कम खर्च भएको देखिएको लेखापाल भट्टको भनाइ छ । उहाँले भन्नुभयो–‘ कतिपय कार्यालयले काम सम्पन्न गरेको र भुक्तानी लिन बाँकी रहेकाले खर्चको प्रतिशत कम देखिएको छ ।’ आर्थिक वर्ष सकिन एक महिना बाँकी रहेकाले उक्त अवधिमा खर्चको आकार बढ्ने देखिएको छ । तर, असारे विकासले विनाश पनि निम्त्याउने भएकाले यसको आलोचनासमेत हुँदै आएको छ ।असारे विकास गुणस्तरीय र दिगो नहुने हुँदा यो प्रवृत्तिको अन्त्य हुनुपर्नेमा दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेश विष्टको भनाइ छ । उहाँले भन्नुभयो–‘बजेट सिध्याउनको लागि मात्रै असारमा आएर हतार–हतार काम गरिन्छ, यसले विकासका काम दिगो र मजबुत हुँदैनन् ।

प्रतिक्रिया दिनुहोस्