सयौं मान्छेकाे ज्यान लिने १० मिटर सडक, ‘ठेकेदारको लापरवाहीले उहाँको ज्यान गयो’



भूपराज बस्याल, स्याङ्जा ।

वालिङ्बाट कोरोना संक्रमीत लिएर पोखरा जादै गरेको एम्बुलेन्स पुतलीबजार नगरपालिका ११ उनियचौर स्थित जाड सिद्र्धार्थ राजमार्गमा खराब सडकका कारण बिग्रीन पुग्यो र अर्को एम्बुलेन्स खोजेर अस्पताल पुर्याउन नपाउदै संक्रमीतको मृत्यु भयो ।

वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिला पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भएको हो । १० दिन देखि रुघाखोकी, ज्वरो लगायतका रोगले ग्रसित रहेकी महिला अन्तिम समयमा स्वासप्रस्वासमा समस्या आएपछि उहाँका परिवारले वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आईतबार ल्याएका थिए । उहाँको एन्टिजिन मार्फत कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । स्वासप्रस्वासमा निकै समस्या देखिएकी महिलालाई एम्बुलेन्स मार्फत पोखरा लैजाने क्रममा एम्बुलेन्स बाटैमा बिग्रन पुग्यो र अर्को एम्बुलेन्स खोजेर पठाउदा अस्पतालमै नपुगी उहाँको मृत्यु भयो ।

देशका विभिन्न भागमा दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना संक्रमणले आक्रान्त छ । सहजै एम्बुलेन्स पाउने अवस्था पनि छैन पाएको एम्बुलेन्सले बाटैमा धोका दिएपछि ती मृतकका परिवारको लागि त्यो एम्बुलेन्स र त्यो खराब राजमार्ग काल जस्तो बन्यो । करिब दुई बर्ष देखि खराब भएको सडक मर्मत नहुदा यो परिवारले मात्रै होइन कयौं परिवारले यस्तै पिडा भोग्नुपरेको छ । करिब दस मिटरको सडक बनाउन न स्थानीय सरकारले ध्यान दिएको छ न सडक बिभागले नै ।

त्यहीँ क्षेत्रबाट पटकपटक मन्त्री बनेकाहरुको लागि यो प्राथमिकता पर्ने कुरै भएन । हेर्दा सुन्दा निकै सानो लाग्ने उक्त ठाउँ धेरैका परिवार टुहुरो र अपांग बनाउने सडक बनेको छ । यो हाइवे सडकको यो दुर्गति हुँदा पनि सडक बिभागले बजेट अभाव देखाउदै मर्मत गर्न नसकेको भन्दै उम्किन्छ भने नेताहरुले भोट बैंकको रूपमा गाउँ सडकमा ध्यान दिदा कयौका बाइक पल्टिने र कयौंका गाडी पल्टिने ठाउँको रूपमा चिनिने गरेको छ ।

मर्मत गर्नको लागि दश मिटर पनि नभएको उक्त हाइवेमा कसैको गम्भीर ध्यान नपुग्दा कोरोना संक्रमीतको मृत्यु मात्रै होइन त्यहीँ ठाउँमा केही समय पहिले हाइसको इन्जिननै सिज भएको थियो जुन बनाउनको लागि चार लाख खर्च भएको थियो । स्थानीय तह बाटै हुन सक्ने यस्ता सानातिना काममा ध्यान नपुग्दा कयौंले सास्ती बेहोर्नु परेको छ ।

उता सडक हेर्ने जिम्मा पाएको सडक बिभाग पोखराका प्रमुख सुनिल पन्तले सिद्धार्थ राजमार्ग बाट खोलिने सहाय सडक आफुखुसी खोल्दा यस्तो समस्य आएको बताउनुभयो । सहाय सडक निर्माण गर्दा सडक बिभागको समन्वयका काम गरौं भनेर सबै स्थानीय तहहरुलाइ पत्राचार समेत गरिसकेका छौ तर पनि आफ्नै मनलाग्दी सहाय सडक निर्माण गर्दा यस्तो समस्य आएको उहाँले बताउनुभयो । उक्त ठाउँमा यस्तो समस्य आउनुको कारण पनि सहाय सडक बनेको भन्दै माथीबाट पहिलो आउने समयसम्म उक्त सडक मर्मत गर्नुको कुनै अर्थ नदेखिएको हुँदा मर्मत तिर ध्यान नदिइएको उहाँ तर्क थियो ।

“अब माथीबाट पहिरो आउन छोडेको थियो यस्ता ठाउँ मर्मतको लागि टेन्डर समेत भैइसकेको थियो । ठेकेदारले समयमै काम गरेको भए सायद आज यस्तो अवस्था आउने थिएन ।” पन्तले नेपाल समाचारपत्रसंग कुराकानी गर्दै भन्नुभयो । टेन्डर भएको दुई महिनासम्म पनि काम नगर्ने ठेकेदारलाई कारबाही गरि नयाँ ठेकेदारलाई काम जिम्मेवारी दिने गरि तयारी थालेको पनि उहाँले जानकारी दिनुभयो । स्थानीय निकाय र राजनीति नेतृत्व गर्नेहरु जिम्मेवार नहुदा यस्तो दुस्खद घटना घट्न पुगेको भन्दै सबैलाई आ आफ्नो ठाउँबाट जिम्मेवार बन्न पन्तको आग्रह छ । यस्ता सडक छिट्टै बन्ने प्रतिबद्धता समेत पन्तले नेपाल समाचार पत्रसंगको कुराकानीमा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्