छुद्रग्रह ठोक्किन सक्छ तर क्षति पुर्याउन सक्दैन



वासिंगटन (एजेन्सी)

अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावको एक दिन पहिला अर्थात नोभेम्बर २ मा सानो गाडी आकारको एक छुद्र ग्रह पृथ्वीसँग ठोक्किन सक्ने बताइएको छ । यसलाई लिएर विभिन्न अनुमानहरु आइरहेका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि यस छुद्रग्रहको ठोक्काइले पृथ्वीलाई पार्न सकिने नोक्सानलाई लिएर जानकारीहरु बाहिर ल्याएको छ ।

एस्टेरोइड २०१८ वीपी१ अत्यन्त सानो भएको नासाले जनाएको छ । यसको आकार करिब ६ दशमलव ५ फिट छ र यसबाट धर्तीलाई कुनै खतरा छैन । धर्तीको वायुमन्डलमा प्रवेश गर्ने सम्भावना सुन्य दशमलव ४१ प्रतिशत मात्र छ । तर यो प्रवेश गरे भने पनि यसबाट नोक्सानको आशंका कम मात्रै छ । यो सानो भएकोले वायुमन्डलमा प्रवेश गर्ने क्रममा जलेर टुक्राटुक्रा हुने गर्छ ।

२०१८वीपी१ अपोलो छुद्रग्रहको श्रेणीमा पर्छ । यिनीहरु पृथ्वी नजिक हुने ती छुद्रग्रह हुन जसको आफनै कक्ष पृथ्वीको भन्दा धेरै ठुलो हुन्छ तर फेरी पनि पृथ्वीको कक्षमा आउने गर्छ । यस प्रकारको पहिलो छुद्रग्रह अपोलो सन् १८६२ मा फेला पारिएको थियो । नासाका अनुसार पृथ्वीमा हरेक दिन अन्तरिक्षबाट कयौं टन बराबरका धुलो खस्छन । यो २०१८वीपी१ आकारका छुद्रग्रहहरु कुनै प्रकारको क्षति पुर्याउन अत्यन्त सानो हुन्छ ।

यो छुद्रग्रहको खोज सन् २०१८ मा क्यालिफोर्नियाको पोलोमर अब्जर्वेटरीमा गरिएको थियो । यो सानो आकारको भएकाले यसलाई सम्भावित विनासकारी पिन्डको सुचीमा राखिएको छैन । नासाले सेन्ट्री रिस्क टेवलमा यसता खतरनाक छुद्रग्रहमाथि निगरानी राखेको हुन्छ ताकी भविष्यमा यसबाट हुने खतराबाट बचाउन सकुन् ।

प्रतिक्रिया दिनुहोस्