डलरले आफ्नो आधिपत्य गुमाउँदै



न्ययोर्क (एजेन्सी) ।

अमेरिकी मुद्रा डलरको पहिचान एक अन्तराष्ट्रिय मुद्राका रुपमा स्थापित छ । अन्तराष्ट्रिय ब्यापारमा डलर र युरो धेरै लोकप्रिय र स्विकार्य छ । विश्वभरी केन्द्रिय बैंकमा भन्डार भएका विदेशी मुद्रामा ६४ प्रतिशत अमेरिकी डलर छ ।

यस स्थितिमा डलर आफै एक अन्तराष्ट्रिय मुद्रा बन्ने नै भयो । डलर वैश्विक मुद्रा हो र यो अमेरिकी अर्थब्यवस्थाको सक्तीका प्रतिक हो ।
इन्टरनेसनल स्ट्यान्डर्ड अर्गनाइजेसन लिस्टका अनुसार विश्वभरी कुल १ सय ८५ मुद्रा छन् । यद्यपी यसमा धेरैजसो मुद्राको प्रयोग आफ्ना देश भित्र मात्रै हुन्छ । कुनै पनि मुद्रा विश्वभरी कुन हद सम्म प्रचलित छ र यो उक्त देशको अर्थब्यवस्था र शक्तीमा निर्भर गर्छ ।
विश्वको दोस्रो शक्तिशाली मुद्रा युरो हो जुन विश्वभरीका केन्द्रिय बैकहरुको विश्व मुद्रा भन्डारमा १९ दशमलव ९ प्रतिशत छ ।

डलरको स्विकार्यता अमेरिकी अर्थब्यवस्थाको शक्तीलाई देखाउँछ । कुल डलरको ६५ प्रतिशत डलरको प्रयोग अमेरिका बाहिर हुन्छ । विश्वभरी ८५ प्रतिशत ब्यापारमा डलरको प्रयोग हुन्छ । विश्वभरी ३९ प्रतिशत ऋण डलरमा दिइन्छ । त्यसैले विदेशी बैंकलाई अन्तराष्ट्रिय ब्यापारमा डलरको आवश्यक हुन्छ ।

डलरमा आफनो निर्भरता कम गर्न रुस र चीनसँग आइरहेको छ । केही विशेषज्ञहरुले यी दुई देशबीच वित्तिय गठबन्धन हुन सक्ने बताउँछन् ।

डलर वैश्विक मुद्रा किन?

सन् १९४४ मा बे्रटन वुड्स सम्झौतापछि डलको वतर्मान मजबुतीको सुरुवात भएको थियो । यसअघि धेरैजसो देश सुनलाई मात्र विश्वासिलो मानक मान्थे । ती देशका सरकार उनीहरु आफनो मुद्रा सुनको मागको मुल्य आधार तय गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

न्यु ह्याम्पसायरको ब्रेटन वुड्समा विश्वका विकसित देश भेला भए र उनीहरुले अमेरिकी डलरकाु तुलनामा सबै मुद्राको विनिमय दर तय गरे । त्यतिबेला अमेरिकासँग विश्वको सबै भन्दा धरै सुनको भन्डार थियो । यस सम्झौताले अन्य देशलाई पनि सुनको स्थानमा आफनो मुद्रालाई डलरको आधारमा तय गर्न अनुमति दिए ।

सन् १९७० को शुरुवातमा कयौं देशले डलरको सट्रटा सुनको माग गर्न सुरु गरेका थिए । किनभने ती देशलाई मुद्रास्फितिसँग लड्न आवश्यक थियो । त्यतिबेला राष्ट्रपति निक्सनले फोर्ट नक्सलाई आफनो सबै भन्डार रित्याउन अनुमति दिनु सट्टा डलरलाई सुनसँग अलग गरेका थिए ।

त्यतिबेलासम्म डलर विश्वका सबैभन्दा विशेष सुरक्षित मुद्रा बनिसकेको थियो ।

चीन र रुसको रणनिति

एसिया निक्केइ रिभ्युको एक प्रतिवेदन अनुसार रुसको केन्द्रिय तथा फेडर कस्टम सेवाले जारी गरेको पछिल्लो आंकडा अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा रुस र चीनबीचको ब्यापारमा डलरको प्रयोग पहिलो पटक ५० प्रतिशतमा तल झर्यो ।

रुस र चीनबीच मात्र ४६ प्रतिशत ब्यापारमा डलरको प्रयोग भएको छ । यस क्रममा दुई देश बीच ब्यापारमा युरोको प्रयोग बढेर सबैभन्दा उच्च ३० प्रतिशत पुग्यो भने दुबै देशको आआफ्नो मुद्रामा २४ प्रतिशत ब्यापार भयो । यो पनि अहिलेसम्मको सबैभन्दा ठुलो हिस्सा हो ।

विगत कयौं वर्ष देखि रुस र चीनले द्विपक्षिय ब्यापारमा डलरको प्रयोगमा उल्लेखनिय तरिकाले कम गरेको छ । सन् २०१५ सम्म दुई देशबीच ९० प्रतिशत ब्यापार डलरमा हुने गथ्र्यो । तर अमेरिका र चीनबीच सुरु भएको ब्यापार युद्धपछि र विशेषगरी डलरमा ब्यापार कम गर्ने रुस र चीनको समझदारीपुर्ण निति अन्तर्गत सन् २०१९ आउँदासम्ममा मात्र ५१ प्रतिशत ब्यापार डलरमा सिमित हुन पुग्यो ।

रुस र चीनले सन् २०१४ देखि नै डलरको प्रयोग कम गर्ने नितिलाई प्राथमिकताका साथ अगाडी सारेका थिए । क्रिमियामाथि रुसको कब्जापछि पश्चिमी देशसँग मस्कोको सम्बन्ध खराब भयो र त्यतिबेला देखि नै रुस र चीनले आर्थिक सहयोग बढाउन शुरु गर्यो । रुसमाथि अमेरिकी प्रतिबन्धलाई पन्छाउन ब्यापारमा डलरको प्रयोग समाप्त पार्नु पर्ने आवश्यक भएको थियो ।

रुसका लागि आइएनजी बैंकका मुख्य अर्थशास्त्री डिमित्री डोलगिन भन्छन् – विश्वमा जहाँ पनि अनलाई पैसाको लेनदेन हुन्छ जसमा डलरको प्रयोग हुन्छ भने कुनै न कुनै रुपमा एक अमेरिकी बैंकले नै त्यसलाई स्विकृति दिएको हुन्छ । यसको अर्थ अमेरिकी सरकार केही लेनदेनलाई रोक्न बैंकलाई आदेश दिन सक्छ ।

अमेरिकी डलरको मुल्यांकन विश्वका ६ बलिया मुद्राका तुलनामा गरिन्छ , गत मार्चको हिसाबले ९ प्रतिशत यसमा गिरावत आएको छ । यो सन् २०११ पछिको सबैभन्दा खराब स्थिति हो ।

कोरोना भाइरसका कारण अन्य अर्थब्यवस्थाका तुलनामा अमेरिकी अर्थब्यवस्थामा धेरै असर पर्ने आशंका रहेकोले डलरमाथि दवाब बढेको छ ।

गोल्डम्यन साकका अनुसार डलरमा २० प्रतिशतको गिरावटले सन् २०२० मा आम्दानीमा प्रत्यक सेयर ३ प्रतिशतले बृद्धी हुने छ । गोल्डम्यानका विश्लेषकले आगामी १२ महिनामा डलरको मुल्यमा ५ प्रतिशतमा गिरावत आउने आशंका गरेका छन् ।

कमजोर डलरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सायदै कुनै राजनितिक लाभ हुनेछ , जो आगामी नोभेम्बरमा हुने चुनावमा पुन जित्ने प्रयास गरिरहेका छने । ट्रम्पको सँधै गुणासो हुन्थ्यो, डलरको मुल्य धेरै हुनुले अमेरिकी उत्पादक तथा निर्मातालाई नोक्सान हुन्छ ।

डलरको मुल्य कम हुनुको लाभ औद्योगिक क्षेत्रसम्म पुग्न कम्तिमा १ बर्ष लाग्ने छ र यसले नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई कुनै फाइदा नहुने डच बैंकका प्रमुख अन्तराष्ट्रिय रणनितिकार एलन रस्किन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्