भदौ १६ पछि पर्यटन उद्योग सुचारु गराउन दबाब



नेपाल समाचारपत्र, काठमाडौं
कोभिड–१९ बाट पर्यटन उद्योग धरासायी हुँदै गएको भन्दै पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पत्र लेख्दै उनीहरूले आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पर्यटकीय क्षेत्रमा आउने पाहुनालाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण तथा प्रभावकारी पालना गरी सेवा विस्तार गर्नुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गर्दै नेपाल भित्रिने स्वदेशी तथा विदेशी पाहुनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कक्ष स्थापना गरी त्यहीँबाट पीसीआर परीक्षण गर्न र पर्यटक परीक्षण डेक्स स्थापना गरी प्रभावकारी परीक्षणमार्फत हुने तयारीले राष्ट्रिय गरिमा समेत अभिवृद्धि गरी अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह हुने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

लामो समयसम्म आर्थिक गतिविधि र रोजीरोटीका क्रियाकलाप ठप्प हुँदा रोग साथै ‘भोक’ को समेत पीडा बढ्दै गए पूर्ववत अवस्थामा फर्किन लामो समय लाग्ने पर्यटन जस्तो उद्योग र यसको प्रमुख स्रोत उड्डयन क्षेत्र, छिमेक मुलुकलगायत अन्तर्राष्ट्रिय जगतमा क्रमशः खुल्दै गएको भएता पनि नेपालमा खुला गर्न नसक्दा विश्व पर्यटन बजारमा नेपालको सामथ्र्य तथा छवि धूमिल भई नकारात्मक सन्देश समेत जान सक्नेतर्फ उनीहरू सतर्क गराएका छन् ।

कोभिड–१९ सँगै अघि बढ्न कोभिड अनुकूलताका कार्ययोजना बनाई निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थाको लागि बढी केन्द्रित भई भदौ १६ गतेबाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न अत्यावश्यक रहेको औंल्याइएको छ ।

पछिल्लो दुई महिनादेखि चाटर्ड र रिप्याट्रिएसन उडान गरी दैनिक ७ देखि १० वटा हवाई उडान सञ्चालन भई रहेकोमा उत्त, उडानले समग्र पर्यटन क्षेत्रलाई नसमेटेको साथै राज्यको आर्थिक गतिविधिमा खासै योगदान नपु¥याएको हुँदा नियमित हवाई सेवा सुचारु नगरी पर्यटकीय गतिविधिको सञ्चालन हुने अवस्था सिर्जना नभएमा हालसम्म संयमित भइरहेका व्यवसायी तथा यसमा आश्रित कर्मचारी तथा मजदुर को धैर्यता टुटी आन्दोलनमा जाने बाहेक अरु विकल्प हुन नसक्नेतर्फ समेत उनीहरूले चेतावनी दिएका छन् ।

सरकारको ध्यानाकर्षण गराउनेहरूमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, टे«किङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल, होटल एसोसिएसन नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोटो), नेपाल एसोसिएसन अफ टुर अपरेटरस (नाटो), नेपाल फ्रइट फरवर्डस एसोसिएसन (नेफा), एक्सपिडिसन अपेरेटर्स एसोसिएसन नेपाललगायतका संघसंस्था रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्