रसुवाका गाउँगाउँमा मोटर गुड्न थाले



सरस्वती न्यौपाने, रसुवा । 

राजधानीको नजिक रहेर पनि विकट मानिएको रसुवाका गाउँ– गाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यर्हाका बासिन्दा सुखको अनुभूति गर्न थालेका छन्। पर्यटकीय क्षेत्रको रूपमा रहेको लाङटाङबाहेक रसुवामा कायम भएका स्थानीय तहको २७ वडामध्ये २६ वटा वडाको गाउँ–गाउँमा मोटरबाटो जोडिएका कारण स्थानीय बासिन्दामा उमङ्ग छाएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो।

गाउँका कुनाकाप्चासम्म यातायातको पहुँच पुर्याई सबै प्रकारका सेवा स्थानीय तहमै दिने सरकारको नीतिअनुरूप स्थानीय तहले गरेका विकास–निर्माणको काम द्रुत रूपमा अगाडि बढिरहेको छ।
गाउँवासीलाई हरेक कुराको सुविधा पुर्याउन तत्कालीन एमालेको सरकारले आफ्नो गाउँ आफँै बनाऔं भन्ने अभियान चलाएको थियो । त्यही मूल मन्त्रअनुरूप नेकपाको सरकारले रसुवामा क्रमिक रूपले विकासका योजना अगाडि बढिरहेको जानकारी दिँदै प्रमुख भट्टले विकास निर्माण द्रुत रूपमा अगाडि बढाउन आफू समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

स्थानीय तहअन्तर्गत नौकुण्ड गार्उपालिकामार्पmत् यार्सा तथा सरमथलीका क्षेत्रमा ६४ किलोमिटर सडक निर्माण भई मोटर गुड््न थालेपछि आप्mना क्षेत्रका बासिन्दा हर्षविभोर भएको कुरा सो गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेले बताउनुभयो।

सडक निर्माण भएपछि सवारी साधनबाट खाद्य सामग्री बोक्न थालिएको र गाउँका मानिस बिरामी पर्दा एम्बुलेन्स बोलाई अस्पताल पठाउन सक्ने अवस्था रहेको स्थानीय बासिन्दाले बताएका छन्।
यार्सा क्षेत्र धेरै विकट भएका कारण जनताको माग र चाहना अनुरुप स्थानीय सरकार गठन भए लगत्तै सडक निर्माण–कार्यलाई पहिलो प्राथमिकता दिई गाउँ–गाउँमा सडक सञ्जाल जोडिइसकेको र दोस्रो चरणअन्तर्गत ठाडो खोलामा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाई सकिएको नौकुण्ड गापा अध्यक्ष धलेले बताउनुभयो।

यसै गरी सदर मुकाम धुन्चेको नजिक रहे पनि विकासमा पछाडि परेको हाकु क्षेत्रमा पहिलोपटक सडक निर्माण भएको छ । पहिलो चरणमा करिब सात सय घर–परिवारलाई यातायातको सुविधा प्रदान गर्ने उद्देश्यले हाकुबँेसीदेखि ठुलो हाकुसम्म निर्माण भएको सडकअन्तर्गत हाकुबेँसीको त्रिशूली नदीमा पक्की पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढिरहेको आमा छोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो।

उत्तरगया गाउँपालिकाअन्तर्गत डाँडागाउँ तथा ठुलोगाउँ, कालिका गाउँपालिकाको राम्चे पलेप, मनीगाउँ, ढुङ्गे तथा गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङबाहेक अन्य क्षेत्रका वडाका बस्तीमा सडक सञ्जाल जोडिइसकेको ती गाउँपालिकाले जनाएका छन्। लाङटाङतर्पm भने नेपालको दोस्रो पर्यटकीय पदमार्ग भएका कारण थाङसापसम्म मात्र मोटर बाटो निर्माण गर्ने योजना बनाइएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्