६ महिनामा बैंकहरूले गरे २७ खर्ब ३५ अर्ब ऋण लगानी



नेपाल समाचारपत्र, काठमाडौं।

बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रयमासको वित्तीय विवरण प्रकाशित गर्दै गएका छन्। आर्थिक वर्षको पहिलो छ महिनाको वित्तीय विवरण हेर्दा वाणिज्य बैंकहरूको ऋण लगानी २७ खर्ब ३५ अर्ब रूपियाँ पुगेको छ।

‘क’ वर्गका वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षमा ऋण लगानी २ खर्ब ३५ अर्ब ३ करोड रूपियाँले बढेको छ। असोजदेखि पुससम्मको अवधिममा मात्रै १ खर्ब २ अर्ब १० करोड रूपियँँले ऋण लगानी बढेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकमा हिमालयन बैंकको ऋण लगानी घटेको छ भने बाँकी सबै बैंकको ऋण लगानी बढेको छ। यस अवधिमा हिमालयन बैंकको निक्षेप पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालू आर्थिक वर्षको छ महिनाको अवधिमा सिद्धार्थ बैंकले पुस मसान्तसम्ममा १ खर्ब २३ अर्ब रुपियाँ ऋण लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा १ खर्ब १३ अर्ब रुपियाँ मात्रै ऋण लगानी गरेको थियो। एभरेष्ट बैंकले पुस मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपियाँ ऋण लगानी गरेको छ। बैंकले असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब रुपियाँ ऋण लगानी गरेको थियो।

चालू आर्थिक वर्षको कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २४ करोड रुपियाँ ऋण लगानी वृद्धि गरेको छ। असोज मसान्तसम्ममा कुल १ खर्ब ४६ अर्ब रुपियाँ ऋण लगानी रहेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ५२ अर्ब रुपियाँ पुर्याएको छ।

कृषि विकास बैंकले ४ अर्ब ७३ करोड रुपियाँ ऋण लगानी वृद्धि गरेको छ। असोज मसान्तसम्ममा ११ खर्ब ११ अर्ब रुपियाँ ऋण लगानी रहेको यस बैंकको पुस मसान्तसम्ममा १ खर्ब १६ अर्ब रुपियाँ पुगेको छ। नेपाल बैंकले पुस मसान्तसम्ममा १ खर्ब ३ अर्ब रुपियाँ ऋण लगानी गरेको छ।

बैंकले यस्तो लगानी असोज मसान्तसम्म ९६ अर्ब ९५ करोड रुपियाँ यस्तो लगानी गरेको थियो। यसैगरी लक्ष्मी बैंकले पुस मसान्तसम्ममा ८६ अर्ब ३३ करोड ऋण लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ८० अर्ब ११ करोड ऋण लगानी गरेको थियो।

दोस्रो त्रयमाससम्ममा एनएमबि बैंकले १ खर्ब १९ अर्ब ऋण लगानी गरेको छ। असोज मसान्तसम्ममा यस बैंकले १ खर्ब १५ अर्ब ऋण लगानी गरेको थियो। साथै ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९८ अर्ब ऋण लगानी गरेको छ। असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब ऋण लगानी गरेको थियो। त्यस्तै सानिमा बैंकले पुस मसान्तसम्ममा ९१ अर्ब ४९ करोड ऋण लगानी गरेको छ।

यस बैंकले असोज मसान्तसम्ममा ८५ अर्ब ९५ करोड रुपियाँ यस्तो लगानी गरेको थियो। बैंक अफ काठमाडौंले पुस मसान्तसम्ममा ८२ अर्ब ४९ करोड रुपियाँ कर्जा लगानी गरेको छ। बैंकले असोज मसान्तसम्ममा ७८ अर्ब ४७ करोड रुपियाँ ऋण लगानी गरेको थियो।

उता नबिल बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४४ अर्ब रुपियाँ ऋण लगानी गरेको छ। असोज मसान्तसम्ममा यस बैंकले १ खर्ब ४० अर्ब ऋण लगानी गरेको थियो। साथै माछापुच्छ«े बैंकले पुस मसान्तसम्ममा ९० अर्ब १४ करोड रुपियाँ ऋण लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ८६ अर्ब २८ करोड रुपियाँ ऋण लगानी गरेको छ।

यसैगरी सिभिल बैंकले पुस मसान्तसम्ममा ५० अर्ब २ करोड रुपियाँ कर्जा लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ४६ अर्ब २६ करोड रुपियाँ कर्जा लगानी गरेको थियो। त्यस्तै मेगा बैंकले पुस मसान्तसम्ममा ७८ अर्ब १ करोड रुपियाँ कर्जा लगानी गरेको छ।

असोज मसान्तसम्ममा यस बैंकले ७४ अर्ब ३४ करोड कर्जा लगानी गरेको थियो। सन्राइज बैंकले पुस मसान्तसम्ममा ७७ अर्ब ४ करोड रुपियाँ कर्जा लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ७४ अर्ब १६ करोज कर्जा लगानी गरेको थियो।

नेपाल एसबीआई बैंकले पुस मसान्तसम्ममा ९८ अर्ब ३ करोड कर्जा लगानी गरेको छ। असोज मसान्तसम्ममा यस बैंकले ९४ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ। यसैगरी प्रभु बैंकले पुस मसान्तसम्ममा ९८ अर्ब ६८ करोड रुपियाँ कर्जा लगानी गरेको छ। असोज मसान्तसम्ममा यस बैंकले ९५ अर्ब ७९ करोड रुपियाँ कर्जा लगानी गरेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस मसान्तसम्ममा ५७ अर्ब ४२ करोड कर्जा लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ५४ अर्ब ७१ करोड रुपियाँ यस्तो लगानी गरेको थियो।

पछिल्लो समयमा आक्रामक बजार विस्तार गर्दै आएको एनआईसी एसिया बैंकले पुस मसान्तसम्ममा १ खर्ब ६५ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा १ खब ६२ अर्ब रुपियाँ कर्जा लगानी गरेको थियो। त्यस्तै कुमारी बैंकले पुस मसान्तसम्ममा ८४ अर्ब ७१ करोड कर्जा लगानी गरेको छ।

यस बैंकले असोज मसान्तसम्ममा ८२ अर्ब ३ करोड रुपियाँ कर्जा लगानी गरेको थियो। सेन्चुरी बैंकले पुस मसान्तसम्ममा ६२ अर्ब ५८ करोड रुपियाँ कर्जा लगानी गरेको छ। असोज मसान्तसम्ममा यस बैंकले ६० अर्ब २७ करोड रुपियाँ लगानी गरेको छ।

यसैगरी पुस मसान्तसम्ममा नेपाल बंगलादेश बैंकले पुस मसान्तसम्ममा ५९ अर्ब ९८ करोड रुपियाँ कर्जा लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ५९ अर्ब ३१ करोड रुपियाँ कर्जा लगानी गरेको थियो।प्राइम बैंकले ८५ अर्ब ५ करोड कर्जा लगानी गरेको छ। असोज मसान्तसम्ममा यस बैंकले ८२ अर्ब ८८ करोड रुपियाँ लगानी गरेको थियो। सिटिजन्स बैंकले पुस मसान्तसम्ममा ७१ अर्ब ३६ करोड रुपियाँ कर्जा लगानी गरेको छ।

असोज मसान्तसम्ममा यस बैंकले ६९ अर्ब ६० करोड रुपियाँ लगानी गरेको थियो। यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४० अर्ब रुपियाँ कर्जा लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा १ खर्ब ३८ अर्ब रुपियाँ कर्जा लगानी गरेको थियो।

यसैगरी एनसीसी बैंकले पुस मसान्तसम्ममा ६८ अर्ब ९१ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ६८ अर्ब १३ करोड रुपियाँ कर्जा लगानी गरेको थियो। हिमालयन बैंकले भने कर्जा लगानी घटाएको छ। पुस मसान्तसम्ममा यस बैंकले १ खर्ब २ अर्ब ९१ करोड रुपियाँ कर्जा लगानी गरेको छ। यद्यपि, असोज मसान्तसम्ममा बैंकले १ खर्ब २ अर्ब ९९ करोड रुपियाँ कर्जा लगानी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्