ब्रेक्जिट सहमतिमा जोनसनद्वारा हस्ताक्षर

जनवरी ३१ बाट ईयूबाट बेलायत अलगिँदै



लन्डन, (एजेन्सी)।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली संघबाट अलग हुने सम्झौतामा हस्ताक्षर गरेका छन्। योसँगै उनले देशमा नयाँ अध्याय शूरुआत गरेका छन्। यस सम्झौतामा हस्ताक्षरपछि बेलायतले युरोपेली संघको दशकौं पुरानो आफ्नो सदस्यता समाप्त गरेको छ।

कयौं वर्षको ढिलाइ र घरेलु कटुतापछि आफ्ना निकट छिमेकी र व्यापारिक साझेदारसँगको एकता छोडेको छ। अलग हुने सम्झौतामा हस्ताक्षर गर्नु अत्यन्त अद्भुत क्षण भएको र यसले अन्ततः सन् २०१६ को जनमत संग्रहको नतिजा सिद्ध भएको जोनसनले बताए।

यसले उक्त नतिजाले ल्याएको विभाजनको पनि अन्त्य गरेको छ।एक दिन शुक्रबार युरोपेली युनियनका नेताहरुले पनि बेलायतलाई बाहिर पठाउने दस्तावेजमा हस्ताक्षर गरेका थिए।

अब जनवरी २९ मा बेलायती संसद्मा युरोपबाट बाहिरिने सम्झौतामा छलफल तथा मतदान हुनेछ। युरोपको संसदमा पनि सोही दिन बेलायतलाई सदस्यताच्युत गर्ने विषयमा मतदान हुनेछ। यद्यपि यो मात्र प्रतीकात्मक हुनेछ।

युरोपमा धेरैजसो नेता बेलायतलाई ईयूबाट बाहिर पठाउनेमा आफ्नो सहमति दिइसकेका छन्।

बेलायतको बहिर्गमन

जनवरी ३१ मा बेलायत औपचारिक रूपमा युरोपेली संघबाट बाहिरिन्छ। त्यसको ११ महिनालाई संक्रमणकालका रूपमा राखिएको छ।

यस क्रममा बेलायत युरोपेली संघको सदस्य रहनेछैन तर ईयूको नियम भने पालना गर्नेछ र बजेटमा पनि योगदान दिइरहनेछ।

बेलायत र ईयू व्यापार सम्झौतासहित विषयमा भविष्यमा सम्बन्धमा वार्ता गर्न संक्रमणकालको व्यवस्था गरिएको हो। सक्रमणकाल फेबु्रअरी १ देखि शुरू हुनेछ।

बे्रक्जिटबाट बेलायतको अर्थतन्त्रलाई सन् २०२० देखि सन् २०२० सम्ममा २ खर्ब ६६ अर्ब डलर नोक्सान हुन सक्ने जनाइएको छ।

अहिलेम्म १ खर्ब ७० अर्ब डलर पुगेको छ। ब्लमबर्गका अनुसार वर्षौंपछि विश्व आर्थिक बृद्धि कमजोर भएको र यसका बेलायत धेरै नै पछाडि परेको छ। बेलायतको आर्थिक बृद्धि दर २ बाट घटेर १ प्रतिशतमा सीमित भएको छ।

बेल्जियमको राजधानी ब्रसेल्समा सम्झौतामा हस्ताक्षरपछि युरोपेली युनियनबाट ब्रेक्जिटको दस्तावेज टे«नबाट पठाइएको थियो।

ट्रेन शुक्रबार नै लन्डनमा पुगेको थियो र सहमतिको दस्तावेज जोनसनसम्म पुर्याएको थियो।

यस अवसरमा बेल्जियमका पूर्वप्रधानमन्त्री तथा ईयू समिटका अध्यक्षता गरेका चाल्र्स मिसेलले बेलायत बाहिरिनुले उनीहरुबीचको सम्बन्ध परिवर्तन हुने तर मित्रता कायम रहने बताएका थिए। उनले भने– ‘हामी चाँडै नयाँ सहयोगी र मित्र राष्ट्रका रूपमा सँगै काम गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्