भारतलाई उग्र राष्ट्रवादमा लिप्त असहिष्णु राष्ट्र बनाउन चाहन्छन् मोदी : अखबार



नयाँदिल्ली, (एजेन्सी)। 

भारतका प्रधानमन्त्री नरेन्द मोदीले नागरिकता संशोधन कानुनको माध्यमबाट भारतीय संविधानको धर्म निरपेक्ष सिद्धान्तको बेवास्ता गरेको बेलायती अखबार द इकोनोमिस्टले जनाएको छ। यस कदमबाट उनले लोकतन्त्रलाई नोक्सान पुर्याएको जसको असर भारतमा कयौं दशकसम्म रहन सक्नेछ।

वर्तमान सरकारको नीतिहरूको समीक्षामा मोदी सहिष्णु र बहुधार्मिक समाजको भारतमा उग्रराष्ट्रवाद भरेको हिन्दू राष्ट्र बनाउने प्रयासमा लागेको अखबारले उल्लेख गरेको छ।

द इकोनोमिस्टको यो संस्करण शनिबार बजारमा आउनेछ। तर अखबारले एक दिन अगाडि नै अग्रपृष्ठ ट्विट गरेको छ। यसको शीर्षक छ,।‘इनटोलरेन्ट इन्डिया’ असहिष्णु भारत। अखबारमा भाजपा विरुद्धको लेखको शीर्षक।‘नरेन्द्र मोदी विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा विभाजनलाई भड्काइरहेको छ।

‘यस विवेचनामा भारतका २० करोड मुस्लिममा डर छ कि प्रधानमन्त्री एक हिन्दूराष्ट्र निर्माण गरिरहेको छ।नागरिकता संशोधन कानुन (सीएए) एनडीए सरकारको दशकौंदेखि चलिरहेको भडकाउपूर्णं कार्यक्रममा सबैभन्दा खराब कदम हो।

सरकारको नीतिले मोदीलाई चुनावमा जित हासिल गर्नमा मद्दत गरेको भए पनि अब यही नीति देशका लागि राजनीतिक विषादी प्रमाणित भइरहेको लेखमा उल्लेख छ। अखबारले चेतावनी दिँदै मोदीको नागरिकता संशोधन कानुनजस्ता पहल भारतमा रक्तपातपूर्ण संघर्ष भड्काउन सक्छ।

भाजपाले धर्म र पहिचानको नाममा नागरिकमा विभाजन ल्याइरहेको र अप्रत्यक्ष रुपमा मुस्लिमलाई खतरनाक संज्ञा दिएको लेखमा उल्लेख छ। यसको माध्यमबाट पार्टी आफ्ना समर्थकहरूलाई सशक्त राख्न र खराब अर्थ व्यवस्थाको मुद्दाबाट जनताको ध्यान मोड्न सफल भएको छ।

प्रस्तावित नेसनल रजिस्टर अफ सिटिजन (एनआरसी) उक्त हिन्दू राष्ट्रवादी पार्टीलाई आफ्नो विभाजनकारी एजेन्डालाई अगाडि बढाउन मद्दत गर्नेछ। एनआरसीको पन्जिकरण प्रक्रिया वर्षौंसम्म चलिरहनेछ र योसँगै उनीहरूको विभाजनकारी नीतिको पनि चलिरहनेछ।

भाजपाले मुस्लिमहरूको हत्या गर्ने अपराधीहरूलाई प्रोत्साहन दिनेदेखि काश्मिर घाटीका बासिन्दालाई सजायँजस्तो वातावरण बनाएको अखबारले लेखेको छ। उनीहरूलाई मनोमानी तरिकाले गिरफ्तार गरिरहेको, कफ्र्यु लगाइएको र ५ महिनासम्म इन्टरनेट बन्द राखियो। नागरिकता कानुन मामिला भड्काउने पनि यस्तै खाखको भाजपाको नयाँ कार्यक्रम हो।

एक समूहको लगातार उत्पिडन सबैका लागि खतरा हो। यसमा राजनीतिक प्रणाली पनि संकटमा आउन सक्ने लेखमा चेतावनी दिइएको छ। सुनियोजित तरिकाले हिन्दूलाई भड्काएर मुस्लिमविरुद्ध आक्रोश फैलाएर भाजपा देशमा हिंसात्मक संघर्षको वातावरण बनाइरहेको छ।
मोदी भारतलाई हिन्दू राष्ट्र बनाउन चाहन्छ ः सोरोस

स्विजरल्यान्डको डावोसमा भइरहेका विश्व आर्थिक मञ्च सम्मेलनमा अमेरिकी अर्बपति समाजसेवी जर्ज सोरोसले भारतमा लोकतान्त्रिक तरिकाले निर्वाचित भएका प्रधानमन्त्री नरेन्द्र मोदी देशलाई हिन्दू राष्ट्र बनाउन चाहेको बताए। आफ्नो विचार राख्ने क्रममा सारोसले राष्ट्रियताको मुद्दामा यसको अर्थमा परिवर्तन आएको बताए।

मोदी अर्धस्वायत्त मुस्लिम क्षेत्र काश्मिरमा दन्डनीय कदम चालिरहेको छ। साथै सरकारको फैसला (नागरिकता संशोधन कानुन)ले त्यहाँ रहेका लाखौं मुसलमानले नागरिकता गुमाउनुपर्ने खतरा उत्पन्न भएको उनले बताए। मोदी भारतलाई मुस्लिमका लागि प्रतिकूल बनाउन उद्यत छ।

सोरोसले भने– ‘नागरिक समाजमा लगातार गिरावट आइरहेको छ। मानवतामा कमी आइरहेको छ। यस्तो लाग्छ, अब आगामी वर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङको भाग्यबाटै विश्वको दिशा तय हुनेछ। यतिबेला भ्लादिमिर पुटिन, ट्रम्प र जिनपिङ तानाशाहजस्ता शासक हुन्। सत्तामा पकड बनाइराख्ने शासकहरूको बृद्धि भइरहेको छ।

अहिले जनता इतिहासको परिवर्तनको कालखण्डबाट गुज्रिरहेको र खुला समाजको अवधारणा खतरामा परेको सोरोसले बताए। योभन्दा ठूलो अर्को चुनौती छ, जलवायु परिवर्तन। अब मेरो जिन्दगीको सबैभन्दा महत्वपूर्ण प्रोजेक्ट ओपन सोसाइटी युनिभर्सिटी नेटवर्क हो।

यो एक यस्तो प्लेटफर्म हो, जसमा विश्वका सबै युनिभर्सिटीका मानिसले पढाउन र सोध गर्न सक्ने छ। ओएसयुएनका लागि म एक अर्ब डलरको लगानी गर्छु।हंगेरीका प्रधानमन्त्री विक्टर ओरबनको दबाबमा सोरोसको सेन्ट्रल युरोपेली युनिभर्सिटी (सीईयु)लाई देश छोड्नुपरेको थियो। अमेरिकी समाजसेवीले ओएसयुएन ल्याउनमा अझै केही समय लाग्ने बताए।

अमेरिकाको बागडोर सम्हालेका डोनाल्ड ट्रम्प आत्मप्रसंसाको शिकार भएको बताउँदै ट्रम्पले यो वर्ष हुने राष्ट्र«पति चुनावसम्म अर्थव्यवस्थामा गिरावट व्यवस्थापन गर्ने तर यसलाई लामो समयसम्म एक स्थितिमा कायम राख्न नसक्ने उनले बताए।

उनले भने– ‘सी जिनपिङ पनि कम्युनिस्ट पार्टीको परम्परा तोडिरहेका छन्। उनले आफ्नो वरपर सत्ता केन्द्रित गरेका छन्। चीनको अर्थव्यवस्था आफ्नो लचिलोपना गुमाइरहेको छ। जिनपिङ एक प्रकारको सत्तावादी व्यवस्था चाहन्छ। उनले व्यक्तिगत स्वायत्तता अन्त्य गर्न चाहेको छ। यसमा खुला समाजको कुनै स्थान हुने छैन।

प्रतिक्रिया दिनुहोस्