विवाह दर्तामा अब महिलाले कुमारी छु भन्न नपर्ने



बङ्ग्लादेश । बङ्ग्लादेशका महिलाहरूले वैवाहिक दर्ता फराममा आफू कुमारी रहेको खुलाउनुपर्ने बाध्यता अन्त्य भएको छ। त्यहाँको उच्च अदालतले दिएको आदेश अनुसार अब फारममा उक्त शब्दलाई अविवाहित शब्दले विस्थापित गर्नेछ।फारममा रहेका अन्य दुईवटा विकल्प विधवा र सम्बन्ध विच्छेद भएको भन्ने शब्द परिवर्तन हुने छैनन्।

कुमारी शब्द अपमानजनक रहेको तर्क गर्दै आएका महिला अधिकारवादी समूहहरूले अदालतको आदेशको स्वागत गरेका छन्। त्यस्तै अदालतले दुलहाले पनि फारममा अनिवार्य रूपमा आफ्नो वैवाहिक स्थितिको घोषणा गर्नुपर्ने आदेश दिएको छ।

मुस्लिम बहुल बाङ्ग्लादेशका वैवाहिक कानुनहरू प्रतिबन्धात्मक र विभेदकारी रहेको भन्दै महिला अधिकारवादी समूहहरूले आलोचना गर्थे। देशका कैयौँ युवती निकै कम उमेरमै मागीविवाह गर्न बाध्य हुने गरेका छन्। बाङ्ग्लादेशको वैवाहिक फारमबाट बङ्गाली भाषाको कुमारी शब्द छ। त्यो हटाउन अदालतको आदेश छ। अविवाहित जनाउन त्यसको प्रयोग हुन्छ तर त्यसको अर्थ कौमार्य कायमु महिला भन्ने पनि लाग्छ।

सन् २०१४ मा मुद्दा हालेका अधिकारवादी समूहहरूका वकिलहरूले विवाह फारम अपमानजनक रहेको र त्यसले महिलाको गोपनीयता उल्लङ्घन गरेको तर्क सफलतापूर्वक प्रस्तुत गरेका थिए। अदालतले फारममा रहेको कुमारीुको सट्टामा ुविवाह नगरेकी महिलाु भन्ने स्पष्ट जनाउने बङ्गाली शब्द अविवाहिता प्रयोग गर्नुपर्ने आइतवारको आदेशमा उल्लेख गरेको छ।

अदालतले दुलहाले पनि अविवाहित, सम्बन्ध विच्छेद भएको वा विधुर के हो भन्ने खुलाउनुपर्ने छुट्टै आदेश पनि दिएको छ। आदेश औपचारिक रूपमा प्रकाशित भएपछि केही महिनामै ती परिवर्तनहरू लागु हुने ठानिएको छ। मुद्दामा संलग्न वकिल ‌अयुनन नहर सिद्दिकीले त्यसलाई ऐतिहासिक आदेशु भनी टिप्पणी गरेकी छन्। आदेशले बाङ्ग्लादेशमा महिला अधिकार वृद्धिमा सघाउने आशा आफूले गरेको उनको भनाइ छ।

एक स्थानीय विवाह पञ्जीकरण अधिकारीले फारममा परिवर्तनहरू गरिनेबारे औपचारिक जानकारीको प्रतिक्षामा आफू र आफ्ना सहकर्मीहरू रहेको बताए। ती अधिकारी मोहम्मद अलि अकबर सरकारले समाचार संस्था रोयटर्सलाई भने, मैले ढाकामा थुप्रै विवाह दर्ता गराएको छु। पुरुषलाई आफ्नो वैवाहिक अवस्था खुलाउनु नपर्ने स्वतन्त्रा किन छ, जुन महिलालाई छैन भनेर मलाई अक्सर सोधिन्थ्यो।

बिबिसी

प्रतिक्रिया दिनुहोस्