जनैपूर्णिमाका अवसरमा ४० हजार तीर्थयात्रु गोसाइकुण्ड आउने समितिको भनाई



सरस्वति न्यौपाने, रसुवा । समुन्द्री सतहदेखी ४ हजार ३ सय ८० मिटर र(१४ हजार सात सय ७० फिट ) उचाइम अवस्थित गोसाइकुण्ड तालको क्षेत्रफल १३.५ हेक्टर रहेको छ ।

गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष डिएमका अनुसार गोसाइकुण्ड को नामाकरण गो को अर्थ पृथ्वी र साइको अर्थ मालिक अर्थात पृथ्वीको मालिक भन्ने हुन्छ ।उनै पृथ्वी को भगवान शिव हुन पौराणिक कालमा सम्पुर्ण दविदेवता हरु मिलेर समुन्द्र मन्थन गर्दा कालकुट बिष निस्केको हुनाले सम्पुर्ण देविदेवता र मानव जातिको नाश हुने देखिएपछि केही शिप नलागेपछि शिव भगवानले आफैले त्यस विषलाई निल्नुभयो र घाटी मा अडकियो र त्यस विषलाई शान्त पार्न पुुरै पृथ्वी घमेपछि कतै पानी नभेटेपछि घुम्दै बेत्रावति मा आइपुगे त्यहाँ पनि उपाय नभएपछि त्यस ठाउँबाट उकाली लागे शिवले त्यस वेत्रावति मा वेदको लौरो छोडेको हुनाले वेत्रावति हुन गएको हो अहिले उत्तरगया धामले चिनिन्छ ।

विषको रनकोमा उकालो हिडदै जादा खन्तीले बाटो बनाएको किम्बदनती छ अहिले खन्तिको उकालो हिडन अलि कठिन नै हुन्छ त्यस पछि उकालो लाग्दै गर्दा अहिले भएको त्रिशुल धारामा त्रिशुलले हिर्काउछ ।तिन धारा भएर पानि निस्कियो विष समनको लागी धर्म पर्वतमा त्रिशुल गाडि झारिएका तीन धारा नै गोसाइकुण्ड मा शितलता पानीमा डुबेर भगवान शंकर ले कालकुट विषको डाहा शान्त पारेको कथन छ ।यस गोसाइ्रकुण्ड मा जेष्ठ शुक्ल दशमीका दिन दशहरा र श्रावण शुक्ल पुर्णिमाको दिन ऋषि तर्पणी अर्थात जनै पुर्णिमा भव्य मेला लाग्ने गर्छ ।यस वर्षको जनै पुर्णिमा मेला साउन २० देखि ३० गते सम्म लाग्ने भने ४० हजारको हाराहारीमा भक्तजनहरु आउने अनुमान गरिएको छ ।

यस गोसाइकुण्ड वरपर सुर्यकुण्ड , भैरबकुण्ड , नौकुण्ड , आमाकुण्ड ,सरस्वतिकुण्ड ,रक्तकुण्ड लगाएत साना ठुला भन्दा बढी ताल अवस्थित एक हजार ३० हेक्टरमा फैलिएको गोसाइकुण्ड सिमसार क्षेत्र २९ सेप्टेम्बर २००७ मा सिमसार क्षेत्रमा सुचिकृत छ ।नेपाल सरकार बाट वि.स. २०७५ सालमा गोसाइकुण्ड क्षेत्र विकास समिति को गठन गरि यसको संरक्षण प्रबद्र्धन तथा व्यवस्थापन का लागी विभिन्न कार्यहरु हुदै आएको छन् ।

गोसाईकुण्ड यात्रामा अपनाउनु पर्ने सावधानीहरु
क) लेक लग्दा दखिने लक्षणहरु
—टाउको दुख्नु
—वाकवाक लाग्नु/खान मन नलाग्नु
—बान्ता हुनु
—बेस्सरी थकाई लाग्नु
—सुतेको समयमा पटक पटक व्यँझ्नु
—रोतो खकार आउनु
—अराम गरेको बेला समेत स्वास फेर्न
—गाहे (स्वा, स्वा) हुनु
—शरीर सन्तुलन गर्न नसक्नु/धर्मराउदै हिड्नु
—ज्वरो आउनु
—आखा तिर्मिरोउनु
—बेहोस हुनु

ख) लेक लाग्नबाट बच्ने उपायहरु
— विस्तारै यात्रा गर्ने एक्लै नहिडने
— प्रशस्त पानी वा झोलिलो पदार्थ जिवनजल ग्लुकोज कागती पानी पिउने
— पेट खाली नराख्ने
— न्यानो कपडा लगाउने
— धुम्रपान , मद्यपान नगर्ने
— घरायसी खाद्य सामाग्रीहरु (लसुन , अदुवा , कागती , भुटेको मकै भटमास , सातु खाने
— लेक लागेको लक्षण देखिएमा तत्काल आराम गर्ने
—डाएमोक्स(म्ष्बmयह) लगाएतका लेक लाग्नबाट बच्ने औषधी सेवन गर्ने

ग) उकालो भिरालो बाटो भएकोले माथी बाट पहिरो झर्ने तथा ढुङ्गा खस्न सक्ने भएकाले हासियारी का साथ यात्रा गर्ने

घ) बाटो चिप्लो हुनसक्ने भएकाले लौरो लट्ठी साथमा लैजाने

ङ) पैदल यात्रा गर्न नसक्ने हरुका लागी घोडाको सुविधा समेत उपलब्ध छ तर घोडाबाट यात्रा गर्दा सावधानी अपनाउने

च) यात्राका क्रममा कुनै समस्या भए नजिकको स्वास्थ्य शिविर ÷स्वास्थ्य स्वयमसेवक ÷सुरक्षाकर्मी÷अन्य यात्रु हरु लाई जानकारी गराउने

छ) गोसाइकुण्ड क्षेत्रमा ल्अभिि र क्पथ ल्भतधयचप मा सहज सम्पर्क हुने हुदा सोहि अनुसार व्यवस्थापान गर्ने

ज) गोसाइकुण्ड तीथएस्थल र पदमार्ग लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएका ले यात्राका क्रममा संरक्षित जीवजन्तु तथा वनस्पति हरुको हानीनोक्सानी नगर्ने र जैविक विविधता को संरक्षण गर्नुहोला भनेर सन्देश पनि रहेको छ ।

जनैपुर्णिमा मेला भर्न भारत लगाएत चितवन ,नवलपरासी , पोखरा , काठमाण्डौ , भक्तपुर , लालितपुर ,काभ्रे , सिन्धुपाल्चोक , धादिङ , नुवाकोट लगाएतका थुप्रै ठाउँ बाट भक्तजनहरु आउने गर्छन जिन्दगीमा एक पटक पुग्नै पर्ने ठाउँ गोसाइकुण्ड मा पितृ तर्नुका साथै आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्